जयवागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण सुरु गरेको आकाशेपुल डेढ वर्षदेखि अलपत्र

काठमाडौँ, ९ भदौ। भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण सुरु गरेको आकाशेपुल डेढ वर्षदेखि अलपत्र बनेको छ।

पशुपति क्षेत्रस्थित महानगरपालिका–८ जयवागेश्वरीबाट पशुपतिनाथ मन्दिर जान धेरै मानिसले आवतजावतका लागि सडक पार गर्न सहज होस् भनी निर्माण शुरु गरिएको आकाशेपुल बिजुलीको तार भूमिगत नहुँदा अलपत्र बनेको वडाध्यक्ष दीनेशकुमार डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

महानगरपालिकाले रु ७७ लाखको लागतमा पुल निर्माण गर्न लागेको हो । कोरोना महामारी सुरु हुनुअघिसम्म महिनामा लाखौँ मानिस पशुपतिनाथ मन्दिर दर्शनमा आउने गरेका थिए । गत साउन महिना, तीज, बालाचतुर्दशी, महाशिवरात्रिजस्ता पर्वमा एकै दिन लाखौँ भक्तजन यही बाटो भएर पशुपतिनाथ मन्दिर जान्छन् । धेरै मानिस ओहोरदोहोर गर्ने स्थानमा आकाशेपुल नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।

सडकमा सवारी चाप भएका बेला सिफलबाट पशुपतितिर जान लामो समय कुर्नुपरेको पशुपति क्षेत्र जान लाग्नुभएका यात्रु रमेशप्रसाद शिवाकोटीको गुनासो छ । तार भूमिगत गर्न रु १२ लाख बजेट लाग्ने लागत स्टमेट अनुमान गरिए पनि बजेट व्यवस्थापन हुन नसक्दा एक वर्षदेखि आकाशे पुल अलपत्र बनेको वडा कार्यालयले जनाएको छ । पुल निर्माण गर्ने जिम्मेवारी पाएको रिजेन्सी कन्स्ट्रक्सनले सूचना पाटीसमेत नराखी काम गरेकामा स्थानीयवासी शारदाप्रसाद वैद्यले आपत्ति जनाउनुभयो ।

निर्माण व्यवसायीले कति समय, लागतमा आकाशेपुल निर्माण गर्ने भनी राख्नुपर्ने सूचना पाटी नराख्दा के बनाउन लागेको हो भन्ने जानकारी नपाएको स्थानीयवासीको गुनासो छ । महानगरपालिकाले ‘साइड क्लियर’ नभइ ठेक्का गर्दा डेढ वर्षदेखि पुल अलपत्र भएको हो । अलपत्र पुलका कारण पैदलयात्रुलाई हिँड्नसमेत असहज हुने गरेको छ । एकातिर अलपत्र पुल र अर्कोतिर फलामलगायत केही अप्ठ्यारा निर्माण सामग्री थुपार्दा पैदलयात्रीलाई अप्ठ्यारो भएको हो । निर्माण सामग्रीकै कारण दुर्घटनाको जोखिमसमेत बढेको छ ।

महानगरपालिका निर्माण विभाग प्रमुख राम थापा आकाशेपुल बन्ने स्थानमाथि नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सनलाइन भएकाले काम रोकिएको बताउनुहुन्छ । प्राधिकरणको पुरानो बानेश्वर शाखालाई तार भूमिगत गर्न आवश्यक बजेट दिन्छौँ भनी पत्राचार गरेकामा तत्कालीन कार्यालय प्रमुखले काम अघि बढाउन लागेकामा सरुवा भएपछि काममा ढिलाइ भएको उहाँले जानकारीदिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।