नयाँ व्यवस्थापनका साथ धनकुटाको हिलेमा यामाहा सोरुम सञ्चालन
भाद्र ३१,धनकुटा । धनकुटाको हिले बजारमा यामाहाको नयाँ सोरुम आज देखी नयाँ व्वसस्थापनका साथ सञ्चालनमा आएको छ ।

धनकुटा नगरपालिका १ हिले कुवापानीमा विजयपुर अटो टे«डर्स धरानले सञ्चालनमा ल्याएको यामाहाको नयाँ सोरुमको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आज विशेष समारोहका बीच समुद्घाटन गर्नु भएको छ ।
सोरुम उद्घाटन गर्दै उहाँले उहाँ स्थापित नया सोरुमले जिल्लाकै व्यापार व्यावसाय क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा संघका महासचिव राम वहादुर गोङ्वा तामाङ्ग,कोषाध्यक्ष रुपेश श्रेष्ठले समेत शूभ कामना मनतव्य राखेका थिए ।
बिजयपुर ट्रेडर्स धरानका यामाहा सोरुमका म्यानेजर चुडामनी गिरी९महोन०,यामाहा सोरुमका इन्जिनियर तथा एरिया सर्भिस म्यानेजर दिपेन्द्र यादव,विजयपुर अटो टे«डर्स धनकुटा हिलेका शाखा प्रमुख अमित खतिवडा लगायतले नया व्यवस्थापनका साथ धनकुटाको हिलेमा यामाहाको धरान टे्रडर्सले सोरुम सञ्चालन गरेको जानकारी गराएका थिए ।
यो सोरुमबाट यामाहा कम्पनीका पूराना तथा नयाँ बाईक तथा स्कुटी प्रयोगकर्ताहरुलाई उत्कृष्ठ ढंगले सवै प्रकारको सुविधा उपलब्ध गराउने उनिहरुले बताएक छन् ।
यामाहा कम्पनीको नया मोडलका मोटरसाईकल तथा स्कुटी लगायतका विभिन्न सवारी साधनहरुको विक्रि वितरण लगायतका सम्पूर्ण सुविधा यही सोरुमबाट उपलब्ध हुनु समेत बताईएको छ।


