अनि मात्र हामी शान्त, आनन्दित र मौन रहन सक्छौं

ब्रह्मश्री मित्र/काठमाडौं, २८ कात्तिक ।अहिले हामीले सूर्यलाई देखिरहेका छौं, चन्द्रमालाई देखिरहेका छौं, हवाईजहाज उडिरहेको छ, यसलाई पनि हामीले देखिरहेका छौं। अहिले हामीले वरिपरि प्रकाशमा देखिएका गमला, फूलहरु अनि घरहरु देखिरहेका छौं। तर, यो कुरा केले निर्माण गरिरहेको छभन्दा खेरि विचारले निर्माण गरेको छ।सबै चीज विचारबाट निर्माण भएको हुन्छ। कतिपय महान् मानिसले त विचार हाम्रो शत्रू हो पनि भन्नुभएको छ। यति धेरै विचारहरु छन् कि यो विचारको स्रोतलाई नबुझिकन यसको पछाडि जाँदा अन्योल हुन्छ। विचार भनेको एउटा अब्जेक्ट हो।

जसरी नराम्रो शब्द भन्दा मानिसलाई पीडा हुन्छ नि राम्रो शब्द भन्दा मानिसलाई खुसी हुन्छ नि! एउटा सकारात्मक विचारले मानिसमा सकारात्मक ऊर्जा सिर्जना गर्छ। नकारात्मक विचारले मानिसमा नकारात्मक ऊर्जा सिर्जना गर्छ, त्यसले मानिसमा रिस ल्याउँछ। कुनै विचारले मानिसको भित्रपट्टि वासना ल्याउँछ, कुनै विचारले मानिसको भित्रपट्टि लोभ ल्याउँछ। कुनै विचारले मानिसको भित्र प्रेम र मोह ल्याउँछ अनि स्नेह र करुणा ल्याउँछ। यी सबै विचारहरुले गर्दा हुन्छ।

विचार भनेको यस्तो सुक्ष्म अब्जेक्ट हो, अहिले संसारमा क्यालिफोर्नियम भन्ने अब्जेक्ट छ, त्यसको मानिसले व्यापार गरिरहेका छन्। साढे दुई ग्राम क्यालिफोर्नियमको ४ सय २० करोड डलर पर्छ। हीरा, चाँदी, सुन आदिका कुरा त अहिले सबै मानिसले बुझ्छन्। प्लुटुनियम, युरानियम आदि एटम बम बनाउने तत्व छन्, सुक्ष्म एटमको बारेमा बुझ्ने त केही वैज्ञानिकहरु मात्र छन्।क्यालिफोर्नियम एउटा सुक्ष्म अब्जेक्ट हो, जसलाई आँखाले देख्दैन। वैज्ञानिकहरुले त्यसलाई ल्याबमा हार्भेस्ट गर्छन्। प्लुटुनियम र युरेनियमलाई पनि उनीहरुले ल्याबमा त्यसै गर्छन्।

अर्कोतिर, एन्टीम्याटर भन्ने तत्व एकदमै महँगो छ, एक ग्राम एन्टीम्याटरको ६३ ट्रिलियन डलर पर्छ। इति महँगो तत्व कसरी हार्भेस्ट हुन्छ, हार्भेस्ट गर्नेले यी कुरालाई कसरी बुझ्छ, त्यसलाई कसरी एब्जोर्भ गर्छ, कसरी स्टोर गर्छ, त्यो त सम्बन्धित विज्ञ व्यक्तिलाई मात्र थाहा हुन्छ।
यो कुरा कुनै राजालाई थाहा हुने कुरा भएन, प्रधानमन्त्रीलाई थाहा हुने कुरा भएन अनि राष्ट्रपतिलाई थाहा हुने कुरा भएन। कुनै विषयको पिएचडीलाई थाहा हुने कुरा भएन। त्यसको आफ्नै विज्ञान छ, त्यसको आफ्नै शैली छ। त्यसले गर्दा खेरि हाम्रो विचार एउटा वैज्ञानिकले ल्याबमा क्यालिफोर्नियम बनाउँछ, अरु नर्मल मानिसलाई थाहै हुँदैन, एन्टीम्याटर बनाउँछ, अरुलाई जानकारी हुँदैन।

यसरी हाम्रो आत्माले विचारलाई हार्भेस्ट गर्छ। हाम्रो आत्माबाट नै यी विचार कल्टिभेट हुन्छन्, स्प्रेड हुन्छन् अनि हार्भेस्ट हुन्छन्। जस्तोः एकजना व्यक्तिले विचार कल्टिभेट गरिरहँदा अर्को व्यक्तिले त्यसलाई हार्भेस्ट गरिरहेको हुन्छ।यदि हामी सकारात्मक विचार लिएर बसेका छौं भने हामीले वरिपरिको सकारात्मक तरंगलाई रिसिभ गर्छौ। यसरी पोजेटीभ तरंग मल्टिप्लाइ हुँदै जान्छ। क्वान्टम मेकानिकल इफेक्ट भन्छौं, एक ठाउँबाट सुरु भएर त्यही आएर अन्त्य हुन्छ।

पोजेटिभ विचार कल्टिभेट गर्नेबित्तिकै यो युनिभर्समा भएका पोजेटिभ भाइब हार्भेस्ट हुने भो, नेगेटिभ विचार कल्टिभेट गर्नेबित्तिकै नेगेटिभ भाइब हार्भेस्ट हुने हुन्छ। हामी अधिकांश मानिसले नेगेटिभ विचार कल्टिभेट गर्ने भएकाले नेगेटिभ ऊर्जा हार्भेस्ट भएको पाइन्छ।मूला रोपेर हामीले स्याउ फलाउन सक्दैनौं, च्याउ रोपेर कागती फलाउन सक्दैनौं। त्यसैले हामीले सचेत भएर हरपल पोजेटीभ हुन जरुरी छ, हरपल मौन हुन जरुरी छ, हरपल शान्त र आनन्दित हुन जरुरी छ। त्यस्तोे भयो भने हामीले आफूभित्र जहिल्यै पोजेटीभ विचार कल्टिभेट गर्छौ र ब्रह्माण्डमा भएका जति पनि पोजेटीभ विचार छन्, त्यसलाई हार्भेस्ट गर्छौ। त्यसपछि हामी शान्त, आनन्दित र मौन हुन सक्छौं।

क्यालिफोर्नियम र इन्टीम्याटरको उदारहण दिँदै मैले विचारको कुरा गरेँ। आत्माबाट निस्किने, कन्ससनेसबाट निस्कने अनि ब्रह्मबाट निस्कने सबैभन्दा सुक्ष्म तरंग भनेको नै विचार हो। हामीले के कुरा बुझ्नुपर्छ भने जहाँ जीवन छ नि त्यहाँ मृत्यु छ, जहाँ अन्धकार छ नि त्यहाँ प्रकाश छ अनि जहाँ भगवान छ नि त्यहाँ राक्षस छ। यो जीवनको जुन प्याराडकस छ नि, यसलाई हामीले एज इट इज नै बुझ्नुपर्छ। जहाँ हाम्रो पोजेटिभिटी छ, त्यहाँ नेगेटिभिटी पनि छ, जहाँ नेगेटिभिटी छ, त्यहाँ पोजेटिभिटी पनि छ। जहाँ इस्ट छ, त्यहाँ वेस्ट छ, जहाँ नर्थ छ, त्यहाँ साउथ छ। हाम्रो विद्युतीय तरंग जसरी तरंगित भइरहेको छ, त्यहाँ म्याग्नेटीक पोलहरु छन्।

यसरी मानिसले के कुरा बुझ्न जरुरी छ भने हाम्रो यो जीवन रहस्यमय छ, यो प्याराडक्सहरुको एउटा बन्डल हो। यी प्याराडक्सहरुलाई हामीले ट्रान्सेन्ड गर्नुप¥यो। अब त्यहाँ पोजेटिभ छ अनि नेगेटिभ पनि छ। जहाँ नेगेटीभ छ, त्यहाँ पोजेटिभ पनि छँदैछ। जहाँ जन्म छ, त्यहाँ मृत्यु छँदैछ। जहाँ दिन छ, त्यहाँ राति छँदैछ। जहाँ प्रेम छ, त्यहाँ घृणा पनि छँदैछ। मनिसले जो मानिससँग प्रेम छ, ऊसँग घृणा नहोस् भनेर सोच्छ, जुन कुरा असम्भव छ। जो व्यक्ति आफूलाई प्रिय छ, ऊ सधैभरि रहिरहोस्, उसको मृत्यु नहोस् भन्ने हामी चाहन्छौं, त्यो असम्भव छ।

दिउँसो सूर्य चम्किरहेको हुन्छ, हामी सूर्य यही रुपमा रहेर उज्यालो दिइरहोस् भन्ने चाहन्छौं हामी। तर, रात्रि आउँछ सुनिश्चित रुपमा । यति राम्रो मौसम छ अब चाहिँ जाडो नआइदिए हुन्थ्यो, ठन्डी नलागे हुन्थ्यो भन्ने मानिसले चाहना राख्छन्, जुन असम्भव छ। समग्रमा जीवन प्याराडक्स हो, नेचरको प्याराडक्स छ, सुपर नेचरको प्याराडक्स छ र यसलाई जस्ताकोतस्तै गरी बुझ्न जरुरी छ।पोजेटीभ र नेगेटीभ कुरालाई हामी जबसम्म ट्रान्सेन्ड गर्दैनौं, तबसम्म पोजेटीभ र नेगेटीभ विचारको सिकार भइरहन्छौं हामी। प्रत्येक मानिस पोजेटिभ र नेगेटिभ भाइबको सिकार बनिरहेको हुन्छ। तर, हामीले साधना गरेर अलिकति मेहनत गरेर, यो प्याराडक्सलाई बुझ्न जरुरी छ।
हामीले ध्यान गर्दा राम्रो विचार मात्र आओस् भन्दा त्यो आउँदैन। नेगेटीभ विचार पनि आउँछन। पोजेटीभ वा नेगेटीभ विचारलाई साक्षी भावले अब्जर्भ गरियो भने हामी पोजेटीभ र नेगेटीभ विचारभन्दा पर जान सक्छौं। हामी ट्रान्सडेन्टल को अवस्थामा जान्छौं, हामी ट्रान्सफर्मेसनको अवस्थामा जान्छौं।

नकारात्मक पार्टीले यस्ता गुनासा सुनाए भने त अर्कै विदेश जाने भए। दायाँ हात र बायाँ हातलाई लडाएर कसरी जिताउने? तसर्थ, यी विचारहरुले सिर्जना गरेको यो दुनियाँ छ नि। मोबाइल कसले सिर्जना गरेको हो त ? विचारले। हामी चश्मा लगाइरहेका हुन्छौ, यो कसले सिर्जना ग¥यो त? विचारले। हामी प्लेन बनाइरहेका छौं? यो कसले सिर्जना ग¥यो त? विचारले। हामीले जीवन र जगतको बीचमा भएको प्याराडक्सलाई नबुझ्दाखेरि मौनताको सागरमा डुबुल्की मार्न सकेनौं।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।