मतदानस्थल र उम्मेद्वार मनोनयन दर्ता मिति तय

गण्डकी, २९ कात्तिक ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । अधिवेशनका लागि निर्वाचन अधिकृतका रुपमा खटिनुभएका रामचन्द्र पौडेल(आरसी)ले आज जिल्लाका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिसँग बैठक गरी मतदानस्थल तोक्नुभएको पार्टी प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।जिल्ला सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैंठकले जिल्ला, क्षेत्र र प्रेदशसभा अधिवेशनको अघिल्लो दिन उम्मेद्वार मनोनयन दर्ता गर्ने निर्णय गरेको छ । प्रवक्ता सिग्देलका अनुरसार मङ्सिर ३ गते हुने प्रदेशसभा अधिवेशनका लागि २ गते, ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि ५ गते र १० गतेको जिल्ला अधिवेशनका लागि ९ गते उम्मेद्वार मनोनयन दर्ता गर्नुपर्ने छ ।बैठकले मङ्सिर ६ गते हुने क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि मङ्सिर ३ गते हुने १(क) को मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस र १(ख)को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङ तोकेको छ ।

त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ । २(क)को पोखरा विरौटा र २(ख)को पोखरा चिप्लेढुङ्गा पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ । क्षेत्र नं ३ को अधिवेशनका मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ । ३ (क) को लागि हेमजास्थित पार्टी कार्यालय र ३(ख)को लागि नागडाडाँस्थित पार्टी कार्यालयलाई तोकिएको छ ।
मङ्सिर १० गते हुने जिल्ला अधिवेशनको मतदान पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा हुने पार्टीले जनाएको छ ।

यो पनि पढ्नुहोस..विशङ्खुनारायण मन्दिरमा भक्तजनको चहलपहल
ललितपुर, २९ कात्तिक । हरिबोधनी एकादशीका दिन आज विशङ्खुनारायण मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । कोभिड अघि जस्तो खचाखच दर्शनार्थीको घुइँचो नभएको विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिर आउने भक्तजनको कमी भने छैन तर आउने जाने क्रम चाँही जारीनै रहेको छ । चार नारायण दर्शन गर्ने मानिस पनि यो वर्ष थोरै भित्रिएका छन् ।” विशङ्खुनारायण परम्परागत पूजा व्यवस्थापन तथा संरक्षण समितिका सचिव दिवाकर सुवेदीले लाइन बसेको २० मिनेटमै दर्शन गर्न पाउने अवस्था रहेको छ भन्नुभयो । गोदावरी नगरपालिका–२ मा सो मन्दिर अस्थित रहेको छ । विशङ्खुनारायणथान ललितपुरको एक प्रसिद्ध तीर्थस्थल हो । यो लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । मुलुकमा नाम चलेका चार नारायणमध्ये यो एक हो ।

शनिबार विभिन्न सङ्घ संस्थाको सहयोगमा मेलाका लागि मन्दिर आसपास क्षेत्र सरसफाइ, मर्मत र सुधार गरिएको कार्यसमिति सदस्य बेबीराज भण्डारीले बताउनुभयो । विशङ्खुनारायणथानमा नारायणको प्राकृतिक शिलाको मूर्ति रहेकाले अन्य दिन पनि दर्शनार्थी आउँछन् । विशङ्खुनारायणलाई स्थानीय सुवेदी परिवारले इष्ट देवताको रुपमा पुज्ने गरेका स्थानीयवासीको धारणा छ । ठूलो एकादशीको दिन कोरोना अघि धुनवेशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटाँैडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारीसाधन लिएर दर्शन गर्न भक्तजन विशङ्खु आउथे तर यो वर्ष त्यो क्रम न्यून छ ।

सो क्षेत्रमा भगवान नारायणसँगै लक्ष्मीनारायणको पाइला, हनुमान, गणेश रहनुका साथै एक गुफासमेत रहेको छ । कात्तिक महिनामा दान, पुव्य गरी जाग्राम बसेर बत्ती बाल्दा श्रीवृद्धि हुने विश्वास हिन्दू धर्मावलम्बीमा रहँने हुँदा सो प्राप्तिका लागि नारायणको उपासना हुने गर्छ । मुलुकमा कोरोना कहर भित्रिनु अघि हरेक शनिबार वा सार्वजनिक बिदाका दिन विशङ्खु घुम्ने अनि दर्शन गर्ने र वनभोज खाने मानिसको निकै चहलपहल हुने स्थानीयवासीको भनाइ छ । भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामाकरण भएको स्थानीयवासी ८६ वर्षीय गोविन्द विष्टले जानकारी गराउनुभयो । यसैगरी पाटन दरबार क्षेत्रमा अवस्थित चारनारायणका साथै कृष्ण मन्दिरमा पनि भक्तजनको चहलपहल देखिएको पुजारी प्रभात शर्माले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।