जबराले सर्वोच्च अदालतमा तोकियो सबै प्रकारका मुद्दामा पेसी
काठमाडौँ, ३० कात्तिक ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै प्रकारका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।प्रधानन्यायाधीश राणाले दसवटा इजलासमा पेसी तोक्नुभएको हो । उहाँले आफ्ना लागि कुनै पनि इजालास तोक्नुभएको छैन । दस पेशीमध्ये आठवटा संयुक्त र दुईवटा एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन । यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाएर न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो ।
सर्वोच्च अदालतको यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले सोमबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षको माग सम्बोधनका लागि वार्तामा बोलाउँदै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित अन्य प्रतिवेदनहरु पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राहीहरू मर्कामा परेका छन् ।
७०० बिघा जमिनमा सिँचाइ पु¥याइने
परासी, ३० कात्तिक । सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पु¥याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ । सिँचाइका लागि आकाशे पानी तथा बोरिङको भर पर्दै आएका उक्त क्षेत्रका कृषक आयोजना निर्माण सुरु भएपछि हर्षित छन् ।लुम्बिनी प्रदेश सरकारले रु बीस करोड २३ लाख ३७ हजार लागत अनुमान गरी बजेट विनियोजन गरेको उक्त सिँचाइ आयोजनाले सरावल गाउँपालिका–१ र २ का आठ सयभन्दा बढी कृषक प्रत्यक्ष लाभावन्ति हुने अपेक्षा गरिएको छ ।
सरावल–१ मा आयोजनाको शिलान्यास गर्दै प्रदेशसभा सदस्य बैजनाथ चौधरीले यस सिँचाइ आयोजनाबाट कृृषकलाई ठूलो लाभ हुने विश्वास व्यक्त गर्दै कृषि उत्पादन वृद्धि हुने र कृषिको आधुनिकीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । वर्षौंदेखि सिँचाइको समस्या भोग्दै आएका यस क्षेत्रका कृषकको समस्यालाई दृष्टिगत गर्दै नेता चौधरीकै पहलमा यो आयोजना निर्माण हुन लागेको हो । २०७९ साल चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको यो सिँचाइ आयोजना करिब ६ किलोमिटरको रहने प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ महाशाखाका प्रमुख धु्रवराज पौडेलले जानकारी दिनुभयो । आयोजना निर्माण सम्पन्न गर्न तीन खण्डमा विभाजन गरी छुट्टाछुट्टै ठेक्कामार्फत तीनवटा निर्माण कम्पनीलाई जिम्मा दिइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पहिलो खण्ड हिम्डुङ्ग एण्ड थोकर–तिरुपति जेभी सुनवल नवलपरासी, दोस्रो खण्ड बाबुल–नारायण–खेम तारा जेभी बुटवल र तेस्रो खण्ड काष्ठमण्डप कन्स्ट्रक्सन काठमाडौँले निर्माणको जिम्मा पाएको छ । यस आयोजनाबाट बासाबसही, दङ्गिया,मगरमुढाहा, जावा,मनरीसम्मका कृषकले प्रत्यक्ष लाभ लिने दङ्गिया–पेटबन्हिया सिँचाइ जल उपभोक्ता समिति सरावलका अध्यक्ष देवराज चौधरीले जानकारीदिनुभयो । “हामीलाई सिँचाइका लागि निकै समस्या थियो, यो तयार भएपछि कृषकले लाभ पाउनेछन्, आय स्तर बढ्नेछ, अन्न उत्पादन बढ्नेछ, यो छिटो बन्नुपर्छ”, उहाँले भन्नुभयो ।


