निकाले बन्दको विरोधमा युवाको मोटरसाइकल

दमौली, ३० कात्तिक । नेपाल बन्दको विरोधमा युवाहरुले आज बिहान दमौलीमा मोटरसाइकल ¥याली निकालेका छन् । व्यास–५ स्थित नागरिक समाजका युवाले बन्दको विरोधमा दमौली बजारमा मोटरसाइकल ¥याली निकालेका हुन् । ‘नेपाल बन्द नगरौं, जनतालाई गरिखान देउ, मूल्यवृद्धि फिर्ता गरौं’ नारा लेखिएको ब्यानरसहित नेपालको झण्डा लिएर युवाले ¥याली गरेका थिए । चापाघाटबाट सुरु भएको ¥याली मुख्यचोक, भोर्लेटारचोक, गणेशमानचोक, मालपोतलाइन, अनसन चोक हुँदै ट्राफिक चोकमा पुगेर टुङ्गिएको थियो । बन्द सदाका लागि बन्द गर्नुपर्ने मागसहित शान्तिपूर्ण ¥याली गरिएको नागरिक समाजका हिमाल श्रेष्ठले जानकारी दिनुभयो ।

१३ बन्दकर्ता नियन्त्रणमा

नेपाल बन्द गराउन सडकमा खटिएका १३ बन्दकर्ता दमौलीबाट ११ र डुम्रेबाट दुई बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको डुम्रे बजारबाट मगर मुक्तिमोर्चाका राष्ट्रिय सम्मेलन समिति सदस्य नीरु थापा र युवा सङ्गठन सदस्य सङ्घर्ष पक्राउ परेको प्रहरीले जनाएको हो। यसअघि बिहानै दमौली बजारबाट विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी एटम, ब्यास नगर इन्चार्ज ओम पन्त, मजदूर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारीका जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेका थिए । नेपाल बन्दका कारण दमौलीलगायत विभिन्न ठाउँका बजार बन्द छ । सवारीसाधन कम मात्रामा सञ्चालनमा भएका छन् । सञ्चालन भएका सवारीसाधनलाई प्रहरीले सुरक्षा दिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । नेपाल बन्दका क्रममा हालसम्म कुनै अप्रिय घटना नभएको उहाँले बताउनुभयो ।

निकोसेरा चोकमा ढलान गरिने
काठमाडौँ, ३० कात्तिक ।काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले भक्तपुरको निकोसेरादेखि सल्लाघारीतर्फ अगाडि झण्डै १७५ मिटर सडकमा कङ्क्रिट ढलान गर्ने भएको छ । वर्षामा पानी जम्ने सो सडकमा कालोपत्र नटिक्ने भएकाले ढलान नै गरिने आयोजनाले जनाएको छ । चार वर्ष पहिले विस्तार सुरु भएको सो सडकमा पुरानै ठेक्काबाट ढलान गरिने आयोजनाका इञ्जिनीयर वसन्तकुमार गाइँले बताउनुभयो । उहाँका अनुसार आयोजनाले अहिले विभाग हुँदै मन्त्रालयमा फाइल पठाउन लागेको छ । उहाँले भन्नुभयो, “अबको १०÷१५ दिनसम्ममा निर्माण सुरु हुनसक्छ ।”यस क्षेत्रमा पहिले पहिले पनि वर्षाको पानीका कारण सडकमा खाल्डो बन्ने गरेको थियो । अहिले कालोपत्र गर्दा पनि चाँडै उप्कने र लगानी खेर जाने हुँदा ढलान गर्न लागिएको इञ्जिनीयर गाइँले बताउनुभयो ।

कालोपत्र सडकमा पानीको निकास राम्रो नहुँदा सडकमा चाँडै खाल्डाखुल्डी पर्छ । ढलानमा कालोपत्रमा भन्दा बढी लगानी चाहिने भए पनि बढी समयसम्म टिक्ने र पानीले असर नगर्ने बताइन्छ । अहिले यहाँ ढलानका लागि स्थानीयवासी र पालिका दुबैले माग गरिरहेका थिए । उहाँले भन्नुभयो, “सबैको मागकै आधारमा प्रक्रिया अघि बढाइएको हो ।” उपत्यका विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडक पनि स्थानीयवासीले सङ्गठित रूपमा मुआब्जाको माग गरिरहेकाले लामो समयसम्म निर्माण अवरुद्ध बनेको थियो । चार दशमलव पाँच किमी लम्बाइको यो सडकको ठेक्का सम्झौता २०७४ साल असारमा भएको थियो । निर्माणस्थल खाली गराउन नसकिएकाले अवधि पटक पटक थप भइरहेको छ ।

पछिल्लो समयमा भने उपलब्ध चौडाइमा नै कालोपत्र भइरहेको छ । उपलब्ध चौडाइमा निर्माण गर्दा अधिकांश स्थानमा मापदण्डभन्दा आधा वा त्योभन्दा कम चौडाइमा निर्माण अघि बढाइएको छ ।यो सडक निर्माणको ठेक्का कान्छाराम पीआर उमा कम्पनी एण्ड जेभीले लिएको थियो । काठमाडौँ उपत्यकामा आयोजनाले ११ वटा सडक विस्तारको काम सुरु गरेको थियो । त्योमध्ये अहिलेसम्म चावहिल–साँघु र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा गरी दुई सडक मात्रै सम्पन्न भएका छन् । अधिकांशमा मुआब्जा बिबादका कारण समयमा सम्पन्न हुनसकेको छैन । काठमाडौँ र ललितपुर जिल्लाका पाँच÷पाँच र भक्तपुर जिल्लामा यही एउटा सडकको विस्तार सुरु भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।