हिले माविले मनायो हीरक जयन्ती

कबिराज घिमिरे, धनकुटा, धनकुटाको हिले स्थित हिले माध्यमिक बिद्यालयले हीरक जयन्ती मनाएको छ । बिद्यालय स्थापनाको ६० बर्ष पुगेको अबसर पारेर बिद्यालयले बिभिन्न कार्यक्रम आयोजना गरि हीरक जयन्ती मनाएको हो ।

सो अबसरमा बिद्यालयले सप्ताहब्यापी कार्यक्रम आयोजना गरेको हो । एक हप्ता सम्म बिभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रम गरेको बिद्यालयले आज अन्तिम दिन भने बिद्यालयका पुर्ब प्रध्यानाध्यापनहरु सम्मान गरेको छ ।

त्यस्तै बिभिन्न तहमा अध्यायनरत जेहेन्दार तथा उत्कृष्ठ बिद्यार्थीलाइ पुरस्कृत तथा छात्राबृती बितरण गरेको गरेको छ । सो क्रममा ६ जना पुर्ब प्रध्यानाध्यापक तथा तिन जना पुर्ब बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष लाइ सम्मान गरिएको बिद्यालयका प्रध्यानाध्यापक खगेन्द्र आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै १३ जना बिद्यार्थीलाइ दाताको सहयोगमा छात्राबृती तथा दुइ एसइइ र कक्षा १२मा उत्कृष्ट हुने बिद्यार्थीलाइ पुरस्कृत गरेको छ । त्यस्तै सप्ताहब्यापी कार्यक्रममा प्रथम द्धितीय तथा तृतिय हुने बिद्यार्थीलाइ पुरस्कार स्वरुप शैक्षिक सामाग्रि बितरण गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।