दक्षिणकाली माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् पुस ११ गते आइतबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस ११ गते आइतबार इश्वी सन २०२१ डिसेम्बर २६ तारीख पौष कृष्णपक्ष सप्तमी तिथी उत्तरफाल्गुनी नक्षत्र आयुष्मान योग बालव करण चन्द्रमा सिह राशिमा पश्चात कन्या राशिमा आनन्दादि योगमा मित्र योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु रविसप्तमीव्रत,अष्टमीव्रत (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । आफन्तजनहरु सगँ टाढा भएको महसुस रहनेछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । सामाजिक कार्यमा समय ब्यतित हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछैन ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । अध्यन अध्यापनमा समय ब्यतित गर्दा उत्तम रहनेछ । यात्रामा बिषेश साबधानि अपनाउनु पर्नेछ । लेनदेन सम्बन्धी कार्यमा बिशेष सजग रहनु पर्ने छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्नहुन सक्नेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान्यजनहरुको मार्गदर्शन अबलम्वन नर्गनाले सामान्य तनाबमा फसिएला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बल तथा पराक्रममा बृद्धिहुनेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटमा मन प्रशन्न रहनेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । नयाँकार्यको थालनि निकै उत्पादन मुलक साबित रहनेछ । अधुराकार्यहरु सन्चालन गर्न समय उत्तम रहेकोछ । पठनपाठनमा लगाईएको समय राम्रो रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । आफन्तजनहरु सगँ सामान्य वादविवादका कारण मनमुटाब हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारीवारिक साथ सहयोग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । सामान्य कार्यमा अधिक समय ब्यतित हुनसक्नेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्र ामा साबधानि अपनाउनु पर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । पठनपाठनका क्षेत्रमा खर्चिएको समय निकै उत्तम साबित रहनेछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानि तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन । ब्यपार ब्यवसायमा नयाँ लगानि समेत उत्तम रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेसमय रहेकोछ । अरुप्रति गरीएको बिश्वासमा धोकाहुन सक्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पारीवारिक साथसहयोग द्वारा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर हुने योग रहेकोछ । साजेदारीकार्यका मार्फत उत्तम आम्दानी प्राप्तगर्न सकिनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।