भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ४ लुङ्गिनमा राईले परम्परात डुढमा गरेको मौरीपालन

भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ४ लुङ्गिनमा स्थानीय रामकुमार राईले आफ्नो घरमा परम्परात डुढमा गरेको मौरीपालन । तस्वीर ः युवराज विष्ट÷ रासस

मनकारी वडाध्यक्षः आफ्नो सेवा सुविधाबाट खरिद गरे एम्बुलेन्स
मान्म, ६ माघ (रासस)ः कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरिद गर्नुभएको छ ।

गाउँपालिकाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुविधाको रकमबाट वडाध्यक्ष बमले एम्बुलेन्स खरिद गर्नुभएको हो । विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँच वर्षे कार्यकालमा सरकारले दिएको सेवा सुविधाबापतको रकम जनतालाई नै फिर्ता गरेको बताउनुभयो ।

“मैले निर्वाचन जित्दा नै सरकारी सेवा सुविधा जनताका लागि प्रयोग गर्ने योजना बनाएको थिएँ”, उहाँले भन्नुभयो, “त्यो पाएको सेवा सुविधाको रकमबाट एम्बुलेन्स खरिद गरेर जनताकालाई दिएको छु ।” जनताको जनजीवनसँग जोडिएको मानव स्वास्थ्यलाई मध्यनजर गरेर सेवा दिने उदेश्यले आफ्नो पाँच वर्षको पारिश्रमिकले एम्बुलेन्स खरिद गरेको अध्यक्ष बमले जानकारी दिनुभयो ।

“अब उक्त एम्बुलेन्सले जिल्लाभरिको बिरामीलाई आवश्यकता अनुसार सेवा दिने छ”, उहाँले भन्नुभयो, “एम्बुलेन्सले एकल महिला, अति गरिब, वृद्धवृद्धालाई निःशुल्क सेवा दिने लक्ष्य राखेका छौं ।” आफ्नो सेवा सुविधाबाट खरिद गरिएको एम्बुलेन्स कर्णाली सेवा समाजद्वारा सञ्चालन हुने अध्यक्ष बमले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।