सत्तारूढ गठबन्धन एमसीसी पारित गर्न सहमत

काठमाडौं, माघ १७। स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार सत्तारूढ गठबन्धनमा रहेका चार मुख्य दलबीच साँझको गठबन्धन बैठक बस्नुअघि नै एमसीसी परियोजनालाई संसद्बाट पास गर्ने सहमति भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना संसद्बाट अघि नबढाए सो परियोजना अब फिर्ता हुने र त्यसले सत्ता गठबन्धनमा नै असर पर्ने भन्दै स्पष्ट धारणा दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका थिए । सोही छलफलमा आगामी तीन तहकै निर्वाचनमा सत्तारूढ दलहरू सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले जनाएपछि एमसीसीका विषयमा सत्तारूढ गठबन्धन आबद्ध शीर्ष तहमा सहमति बनेको हो ।

‘एमसीसीलाई संसदबाट अघि बढाउने विषयमा पहिले जस्तो असहमति छैन, एमसीसी संसद्बाट अब टुंगो लगाउनुपर्छ भन्नेमा एकमत हुने अवस्था बन्दै छ, एक(दुई दिनमा नै यो विषय टुंगिन्छ,’ काग्रेस नेता पौडेलले भने । प्रधानमन्त्री देउवाले विगत लामो समयदेखि एमसीसी संसद्बाट पारित गराउने विषयमा गठबन्धनमा आबद्ध दलहरूको साथ खोज्दै आइरहेका छन् ।शनिबार भने सत्तारूढ गठबन्धनको स्थानीय तहको निर्वाचन छलफल गर्नुअघि शनिबार बिहानै उच्च तहमा छुट्टै बैठक बसेको थियो । सो बैठकमा एमसीसी र निर्वाचन सहमति जुटेको बताइन्छ । तर, शीर्ष तहमा सो सहमति भए पनि गठबन्धनले बनाएको उच्चस्तरीय कार्यदलमा रहेका केही नेताहरूले भने एमसीसीको विरोध गर्दै आइरहेका छन् ।

‘माथिल्लो तहमा भित्रभित्रै नेताहरूबीच सहमति बनिसकेपछि तल्ला तहमा रहेका नेताहरूले विरोध गरिरहनुभएको होला, बाहिर विरोध भए पनि भित्रभित्रै सहमति भइसकेको विषय हो,’ गठबन्धनका एक नेताले भने । शनिबार साँझको बैठकअघि नै देउवा, प्रचण्ड र नेपालबीच शुक्रबार बिहान बालुवाटारमा सो विषयमा छलफल भएको थियो । सो सहमतिपछि प्रतिनिधि सभाको बैठक पनि डाकिएको थियो । तर पुनः प्रचण्ड र नेपालले आफ्ना दलभित्र आन्तरिक छलफल गरेर सबैलाई सहमतिमा ल्याएर अघि बढ्ने बताएपछि प्रतिनिधि सभाको बैठक १० दिन सारिएको बताइन्छ । राजधानी दैनिकबाट

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।