पूर्व मन्त्री तथा केन्द्रिय सदस्य सुनिल थापा गृह जिल्ला धनकुटामा
धनकुटा । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल वहादुर थापा पार्टी संगठन विस्तार तथा सुदृढीकरण गर्दै नेपाली कांग्रेसलाई जिताउनकाा लागी गृह जिल्ला धनकुटाको विभिन्न गाउको दौडामा रहनु हुने आज नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।घर घरमा जाउ नेपाली कांग्रेसलाई जिताऔ भन्नै मुल नाराका साथ पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल वहादुर थापाको पहिलो चरणका कार्यक्रम चौविसेको राजारानी बाट शुरु भै सागुरीगढी हुदै सहिदभूमीमा पुगेर अन्त्य हुने नेपाली कंग्रेस धनकुटका जिल्ला सचिव तथा कार्यक्रम शाखा प्रमुख विजय सन्तोषी राईले वताउनु भयो ।
दुई हप्ता सम्म पूर्व मन्त्री तथा केन्द्रिय सदस्य सुनिल वहादुर थापा धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र क को विभिन्न पालिकाहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्षेत्रिय सभापती जितेन्द्र राईले वताउनु भयो । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल वहादुर थापाको फाल्गुण २१ गते चौविसे गाउपालिका स्तरीय कार्यक्रम राजारानी बजारमा,फाल्गुण २४ गते सागुरीगढीको वडा नं. ९ र १० को आहालेको चादनी बजार,फाल्गुण २५ गते वडा नं. ७ र८ को महाभारतको खुडी, फाल्गुण २६ गते वडा नं. १,२,३ र ४ को खुवाफोको मादेन चौक र फाल्गुण २७ गते वडा नं. ५ र ६ को भेडेटारको थुम्कीमा हुने नेपाली कांग्रेस सागुरीगढीका सभापती नेपाल धन राईले वताउनु भयो ।
यसैगरी केन्द्रिय सदस्य तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले फाल्गुण २८ गते सहिदभूमी गाउपालिकाको वडा नं.७ को साप्तीङ्गटार र वडा नं. १ को कार्यक्रमलाई सम्बोधन गर्नु हुने र फाल्गुण २९ गते विहान वडा नं. २ र ३ को कार्यक्रमलाई छिन्ताङ्गमा र दिउसो पिप्लेमा पालिका स्तरीय कार्यक्रमलाई सम्बोधन गर्नुहुने नेपाली कांग्रेस सहिदभूमी गाउपालिकाका सभापती टंक राईले वताउनुभ भयो ।फाल्गुण ३० गते सहिदभूमी गाउपालिकाको वडा नं. ६ को भेटघाट कार्यक्रम का साथ वडा नं. ४ र ५ को साततलेमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने पूर्व मन्त्री तथा केन्द्रिय सदस्य सुनिल वहादुर थापाको कार्यक्रम रहेको पालिका सभापती राईले वताउनु भयो ।
सशिदभूमी गाउपालिकाको कार्यक्रम सकिएपछि छथरजोरपाटी गाउपालिका,महालक्ष्मी नगरपालिका र धनकुटा नगरपालिकामा कार्यक्रमहरु हुने नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा कार्यक्रम शाखा प्रमुख विजय सन्तोषी राईले वताउनु भयो ।यस अघि पूर्व मन्त्री तथा केन्द्रिय सदस्य सुनिल वहादुर थापाले धनकुटा जिल्लाको पाख्रिवास नगरपालिकाको विभिन्न वडाहरुम आयोजना भएको कार्यक्रममा सहभागी हुनु भएको थियो ।


