चैत्र ४ गते भित्र सदस्य,वडा अध्यक्ष तथा पालिका प्रमुख,उप्रमुखहरुको उम्मेदवारी निर्णय गरेर सिफारिस गर्न निर्देशन

धनकुटा । नेपाली कांग्रेस धनकुटाले वडा कार्य समितिहरुलाई चैत्र ४ गते भित्र सदस्य,वडा अध्यक्ष तथा पालिका प्रमुख,उप्रमुखहरुको उम्मेदवारी निर्णय गरेर सिफारिस गर्न निर्देशन दिएको छ । त्यस्तै पार्टीको गतिविधि तथा धारणाहरु जनता सम्म पु¥याउन मासिक मुख पत्र धनकुटा आवाज प्रकाशन गर्ने निर्णय गरेको छ ।

जिल्ला सभापती दिनेश राईको अध्यक्षतमा आज बसेको कार्य सम्पादन तथा पदाधकारीहरुको बैठकले वडा कार्य समितिहरुलाई फाल्गुण ३० गते भित्र सवै टोल समितिहरु गठन गरी चैत्र ४ गते भित्र वडा सदस्यहरु,वडाध्यक्ष र पालिका प्रमुख र उप्रमुहरुको उम्मेदवारहरुको नाम जिल्ला कार्य समिति र पालिकाका कार्य समितिहरुमा अनिवार्य सिफारिस गर्न निर्देशन दिएको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

यसैगरी पालिका कार्य समितिहरुले वडाबाट सिफारिस भएका वडाध्यक्ष तथा सदस्हरुको उम्मेदवारको राय सुझाव सहित जिल्लामा र प्रदेश कार्य समितिमा पठाउन र प्रमुख तथा उपप्रमुखहरुको जिल्ला कार्य समिति र प्रदेश क्षेत्रिय कार्य समितिमा चैत्र ७ गते भित्र पठाउन र प्रदेश सभा क्षेत्रिय कार्य समितिले चैत्र १० गते भित्र उम्मेदवाहरुको नामावली पठाउन निर्देशन दिने निर्णय भए अनुसरा निर्देशन दिएको प्रवक्ता खगेन्द्र प्रसाद घिमिरेले वताउनु भयो ।

बैठकले कांग्रेस धनकुटाको गतिविधि र पार्टीको आधिकारीक धारणा जनस्तरमा सम्म पु¥याउन धनकुटा जिल्ला समितिबाट धनकुटा आवाज मुख पत्र प्रकाशित गर्न पार्टी सचिव तथा संगठन विभाग प्रमुख विजय सन्तोषी राईको संयोजकत्वमा प्रकाशन समित र पार्टी प्रवक्ता खगेन्द्र प्रसाद घिमिरेको संयोजकत्वमा अनलाईन संचालन र क्यालेण्डर९पित्ते पात्रो ० समिति गठन गरी जिम्मेदवारी दिएको अर्का सचिव जयन्द्र घिसिङ्गले वताउनु भयो ।

बैठकमा सभापती राईले कांग्रेसलाई जिताउन सम्पूर्ण शक्ति लगाएर क्रियाशिल हुन सवैलाई निर्देशन दिनु भएको थियो । त्यस्तै पालिका कमाण्डरहरुले अहिले सम्मको प्रगती विवरण,भावी कार्यक्रम तथा रणनीतिको वारेमा प्रस्तुत गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।