चौविसेको राजारानीमा विभिन्न पार्टी परित्याग गर्दै २ सय १३ जना नेपाली कांग्रेसमा प्रवेश

धनकुटा । धनकुटा चौविसेको राजारानीमा विभिन्न पार्टी परित्याग गर्दै २ सय १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस चौविसे गाउँपालिकाको आयोजनामा शनिवार आयोजित कार्यक्रमको अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र लिम्बुवान परित्याग गर्दै वडा नं २,३,४ र ७ बाट नेकपा एमाले,नेकपा माओवादी केन्द्र,जसपा,लिम्बुवानबाट पदम प्रसाद मगर,ललिता राना,अगनी प्रसाद सुर्जे,नविन सारु,लाल वहादर मगर,निराजन मगर,मन माया खुलाल,सिता माया राना,रोशनी राना,कमल शारु मगर,उमेश राना,कल्पना सारु,रोशनी दर्जी,शुसेली मगर,बिन मगर,डम्वर आले मगर,ईश्वर मगर,कुमार आले मगर,होम वहादुर सारु,संगिता खुलाल,हरी राना,रन माया राना,बुद्धिमान राना,सन्जय सारु मगर,त्रिलोचन मगर,सपन राना लगायत १ सय ३४ जना रहेका छन् ।

त्यस्तै वडा नं ६ बाट अगम वहादुर बानिया,माधव राई,नगेन्द्र राई,सन्तोष राई,टिकायमा राई,श्याम राई,सजिन याक्खा,ज्योती राई ,सागर चेम्जोङ,भक्तमान लिम्बु,सरोज चेम्जोङ,विवस लिम्बु,प्रकाश चन्द्र दाहाल, मिना बुढाथोकी,रोसेज दाहाल,तेजेन्द्र लिम्बु,मनोज लिम्बु ,दिपन लिम्बु लगायत ७९ जना रहेका छन् ।

उनिहरुलाई पार्टीका केन्द्रिय,प्रदेश, जिल्ला तथा पालिकाका नेताहरुले कांग्रेसमा स्वागत गरेका थिए । पार्टीका चौविसे गाउपालिका सभापती बिजु राईको सक्रियतामा दुई महिनाको अवधिमा यस गाउँपालिकामा विभिन्न पार्टी परीत्याग गरी ५ सय १३ जना बढी नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

कार्यक्रममा नेताहरुले चौविसेको विकास र समृद्धीका लागि नेपाली कांग्रेसलाई जिताउन सवै सक्रिय हुनु पर्नेमा जोड दिए । कार्यक्रममा स्वागत मन्तव्य उपसभापती कमल वरालले राख्नुभएको थियो । सञ्चालन सचिव शान्ति आले मगरले गर्नु भएको थियो ।

कार्यक्रमकै अवसरमा राज कुमार लिम्बु अध्यक्ष,यज्ञ श्रेष्ठ,निराजन मगर उपाध्यक्ष, गज विक्रम लिम्बु सचिव, अनमोल कार्की सहसचिव रहनेगरि १५ सदस्यीय नेपाल तरुण दल चौविसे गठन गरेको छ । त्यस्तै राजु चम्जोङको अध्यक्षतामा १३ सदस्यीय तरुण डिफेन्स फोर्स पनि गठन गरिएको छ ।

भने नेपाल महिला संघको भेलाले सारदा सुवेदी सभापति,शान्ति थोकर उपसभापती,अनुष्का याक्खा सचिव,राम कुमारी लिम्बु,सहसचिव,सुकमाया विक कोषाध्यक्ष रहने गरि १५ सदस्यीय नेपाल महिला संघ चौविसे गठन गरिएको छ । त्यस्तै बखल भट्टराई अध्यक्ष, टेक वहादुर सारु मगर, हर्क सिंह राई उपाध्यक्ष, पदम कोईराला र देवराम ठाडा मग सचिव र रण वहादुर मगर कोषाध्यक्ष रहेको १३ सदस्यीय कांग्रेस जेष्ठ नागरीक सभा पनि गठन गरिएको छ ।

यसरी सवै भात्तृ संस्था र टोल समितिहरु समेत गठन गरी परिचाालित भएपछि अहिले चौविसे गाउपालिकामा कांग्रेसको जनल नै सभापती बिजु राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।