प्रदेश–१ को नाम कोशी हुनु पर्छ : महासचिव पोख्रेल
धनकुटा,२२ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश–१ को नामाकरणको बिषयमा एमालेमा कुनै द्विबिधा नरहेको बताउनु भएको छ ।
प्रेस चौतारीले आज धनकुटामा गरेको पत्रकार सम्मेलनमा नेता पोख्ररेलले यस्तो बताउँनु भएको हो । महासचिव पोख्रेलले प्राचिन सभ्यतासँग जोडिएकाले प्रदेश–१ को नाम कोशी राख्नु पर्ने र एमाले त्यसैका पक्षमा रहेको प्रष्ट पार्नु भयो ।
त्यस्तै उहाँले आफ्नो पार्टीको नेतृत्वको सरकारले संसदमा टेबल गरेको एमसिसि सभामुखले रोकेको र अहिले प्रश्न उठेपछि टेबल गरेको आरोप लगाए । साथै उहाँले सभामुख अग्नीप्रसाद सापकोटाको बहिर्गमन र आफूहरुले कारबाही गरेका १४ जना संसदलाई कारबाही नभएसम्म संसद अबरोध जारी रहने बताउनुु भयो । संसदबाट पारित भएको एमसिसि राष्ट्रिय हितका पक्षमा कार्यान्वयन हुनुपर्ने मा समेत उहाँको जोड थियो ।
अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन नेता पोख्ररेल धनकुटा आउनु भएको थियो ।


