हिलेमा कांग्रेस वडा सभापतिहरुको बैठक सम्पन्न
धनकुटा । स्थानिय तहको निर्वाचनमा धनकुटा नगरपालिकामा नेपाली कांग्रेसलाई जिताउन सम्पूर्ण शक्ति लगाएर परिचालित हुने निर्णय गर्दै हिलेमा कांग्रेस वडा सभापतिहरुको बैठक सम्पन्न भएको छ । धनकुटा नगरपालिकाका १० वटै वडाहरुका सभापतीहरुको भेलाले यो नगरमा लोकप्रिय र जनधार भएका योग्य नेताहरुलाई मेयर,उपमेयर,वडा अध्यक्ष र सदस्यहरुमा उम्मेदवारका लागि रिफिारिस गर्ने समेत निर्णय गरेको छ ।
भेलालाई पाटीका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले धनकुटा नगरमा विगतको भन्दा अहिले संगठन मजबुत बनेको उल्लेख गर्दै निर्वाचनमा कांग्रेसले जित्ने दावी गर्नु भयो । साथै उहाँले सवै सभापतिहरुलाई निर्वाचनमा सफलतका लागि सक्रिय हुन निर्देशन समेत दिनु भयो । पार्टीका वडा नं१ का सभापती विर वहादुर तितुङ तामाङको अध्यक्षतमा सम्पन्न बैठकमा धनकुटा नगर कार्य समितिका उपसभापती अमित तामाङले कांग्रेस विजयी भए मात्र यो नगरको विकास हुने उल्लेख गर्नुभयो ।
बैठकमा धनकुटा नगरपालिकाका कांग्रेस वडा सभापतिहरुले आ आफ्नो वडाको सांगठनिक अवस्था तथा चुनावी रणनीतिको वारेमा जानकारी गराउदै स्थानीयतहको निर्वाचनमा कांग्रेसलाई जिताउन कुनै कसुर बाकी नराख्ने प्रतिवद्धता जनाएका थिए । यस नगरमा मेयर,उपमेयर,वडाध्यक्ष,सदस्यहरुको उम्मेदवारका लागि जनधार भएका लोकप्रिया , योग्य नेताहरुलाई सिफारिस गर्ने र सवै बुथ,टोल फाल्गुण ३० गते सम्म गठन गरी सक्ने र अझ नयाँ रणनीतिका परिचालित हुने वडा नं। ७ का सभापती शैलेसमान श्रेष्ठले वताउनु भयो ।
यसैबीच नेपाली कांग्रेसले धनकुटा नगरपालिकाको वडा नं ५ पुजारी टोल सहित विभिन्नस्थानमा टोल समिति गठन गरेको छ । नगरको ५ नं वडा पुजारी टोल लगायत विभिन्न स्थानमा आयोजित भेलालाई सम्बोधन गर्दै पार्टीका जिल्ला सभापती दिनेश राईले संगठनलई बलियो बनाउदै निर्वाचन जित्न टोल टोलमा समितिहरु गठन गरी परिचालित गर्ने अभियान जारी रहेको जानकारी गराउनुभयो ।
वडा नं ५ का सभापती धन कुमार राईको अध्यक्षमा सम्पन्न भेलाले सुन्दर श्रेष्ठ सभापती,मनोज राई उपसभापति,राज कुमार राई सचिव,अर्जुन राई सहसचिव, मन्दिरा मल्लिक कोषाध्यक्ष रहनेगरि टोल समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा जय प्रसाद राई,सुनिता राई,सुमिना राई,किस्मत श्रेष्ठ,कृष्ण गन्दर्भ,टिका रसाईली,दिपिका राई, विपिन राई,सपना राई,बृष श्रेष्ठ,राम कुमारी राई लगायत ३५ जना छन्।


