एमाले र माओवादी परित्याग गर्दै धनकुटाको सांगुरीगढी गाउपालिकामा सयौं नेता,कार्यकर्ता कांग्रेसमा प्रवेश
धनकुटा । नेकपा एमाले र माओवादी परित्याग गर्दै धनकुटाको सागुरीगढी गाउपालिका वडा नं ९ र १० मा सयौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ती वडाका चादी बजार,बेलेहाराङ्ग,टाङकेरा लगायत स्थानका १ सय १४ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई पार्टीका सागुरीगढी गाउपालिकाका सभापती नेपाल धन राईको सभापतित्वमा सञ्चालित कार्यक्रमको बीच पार्टी प्रवेश गराईएको छ । पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै कांग्रेस नेताहरुले त्यस क्षेत्रमा कांग्रेसको किल्ला पुन कायम भएको बताएका छन् ।
यो सँगै आउदो स्थानिय तहको निर्वाचनमा जित हाँसिल गर्ने दावी गरेका छन् । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सुनिल वहादुर थापा,जिल्ला सभापती दिनेश राई,पूर्व आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, पूर्व सभापती हरी कुमार राई, नेता कमोट कुमार फागो,जिल्ला सचिवद्धय विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग लगायतको उपस्थिती थियो ।
सो वडाहरुमा सञ्चालित घर घरमा जाऔ कांग्रेसलाई जितऔ अभियानले गाउ गाउमा नयाँ उत्साह र उर्जा थपिदै कांग्रेसको पक्षमा जनल बढेको क्षेत्रिय सभापती जितेन्द्र राईले वताउनु भयो ।


