आगामी बैशाख २९ गते सम्म नेपाल कब्जा गर्न अमेरिकी सेना नेपाल आए आफुहरुलाई भोट नदिन नेपाली कांग्रेसको आग्रह
धनकुटा । आगामी बैशाख २९ गते सम्म नेपाल कब्जा गर्न अमेरिकी सेना नेपाल आए आफुहरुलाई भोट नदिन नेपाली कांग्रेसका नेतहरुले बताएका छन् । आज धनकुटाको बेलहारा डुम्रोसान्नेमा आयोजित ऐतिहासिक वृहत कार्यक्रमलाई सम्बोधन गर्दै उनिहरुले त्यस्तो बताएका हुन् ।
अमेरिकी सहयोग परियोजना एमसिसि पास भएपछि हाल कम्यनिष्टहरुले अब अमेरिकी सेना नेपालमा हस्तक्षेप गर्न आउछन भन्ने भ्रम फैल्यएको भन्दै यदि बैशाख २९ सम्म हस्तक्षेप गर्न अमेरिकी सेना आए आफुहरुलाई भोट नै नदिन उनिहरुले आग्रह गरेका हुन् । साथै त्यस्तो भ्रममा नपर्न समेत धनकुटेली जनतालाई कांग्रेस नेताहरुले आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै पार्टीका जिल्ला सभापती दिनेश राईले बर्तमान कांग्रेस नेतृत्वको सरकारले फुसको छाना हटाएर टिनको छाना लगाउने कार्यक्रम अन्र्तगत जिल्लाका ६ हजार ३ सय घर परिवारलाई टिनको छाना लगाउन नगद रकम प्रदान गर्ने जनकारी गराउनु भयो ।
त्यस्तै जिल्ला सचिव विजय सन्तोषी राईले एमसिसि सम्झौता नेपालको विकास र समृद्धीको पक्षमा रहेको उल्लेख गर्नुभयो । बैशाख २९ गते सम्म अमेरिकी सेना नेपालमा हस्तक्षेप गर्न स्थानिय तहको निर्वाचनमा कांग्रेसलाई भोट नै नदिन उहाँले आग्रह गर्नुभयो । यदी उल्लेखित मिति सम्ममा अमेरिकी सेना हस्तक्षप गर्न नआएको खण्डमा भने नेपाली कांग्रेसलाई भोट दिई विजयी गराउन समेत उहाँले आग्रह गर्नुभयो ।
क्षेत्रिय उपसभापती मिलन खड्गीले निर्वाचनका लागि जिल्लामा सबै नेता कार्यकर्ताहरु परिचालित भईसकेको वताउनु भयो भने धनकुटा नगर सभापती नरेश श्रेष्ठले एमसिसि पास भएकाले अव पाच बर्षमा नेपाल समृद्ध हुने उल्लेख गर्नुभयो ।
पार्टीका धनकुटा नगरपालिका वडा नं १० का उपसभापती देवेन्द्र राईको अध्यक्षतमा सम्पन्न कार्यक्रम कै अवसरमा योगेन्द्र दाहालको सभापतीत्वमा १५ सदस्यीय डुम्रे सान्ने टोल समिति गठन गरिएको छ । समितिको उपसभापतीमा उर्मिला अधिकारी,सचिव कृष्ण वहादुर अधिकारी रहेका छन् । अन्य सदस्यहरुमा विष्णु पौडेल,लक्ष्मी राई,गोपाल अधिकारी,सुवास तामांग,वकिल दाहाल लगायत रहेका छन् ।
त्यस्तै गजेन्द्र राई अध्यक्ष रहने गरि तरुण दल समिति पनि गठन गरिएको छ । तरुणदलको उपाध्यक्षमा रेनुका थापा,कृष्ण पौडेल सचिव,दुर्गा वहादुर दाहाल सहसचिव रहेका छन् । सस्दयहरुमा प्रकाश अधिकारी,डगेन्द्र पौडेल,अमर श्रेष्ठ,गणेश वहादुर श्रेष्ठ,योगेन्द्र वहादुर दाहाल,रञ्जना राई,बिनोद घिमिरे,प्रदिप राई,सन्तोष अधिकारी,गोपाल अधिकारी,टिका प्रसाद सुवेदीर टुवराज जिवि रहेको सचिव सुरेश श्रेष्ठले वताउनु भयो ।
बेलहारामा दुई महिनाको अवधिमा ३ सय ४२ जना विभिन्न पार्टीहरु परित्याग गरी कांग्रेसमा प्रवेश गगरेको पार्टीका जिल्ला सचिव राईले बताउनुभयो ।


