विभिन्न पार्टी परित्याग गदै दर्जनौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश
धनकुटा । धनकुटा नगरपालिका वडा नं ७ को सितलपाटीमा विभिन्न पार्टी परित्याग गदै दर्जनौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा एमाले लगायत विभिन्न पार्टीहरु परित्याग गरी नेपाली कांग्रेसमा नेत्र वहादुर दाहाल,यज्ञ कुमारी दाहाल,राधिका न्यौपाने,शान्ती लिम्बु,सरला न्यौपाने,लक्ष्मी माझी,संगिता वस्नेत,चित्र वहादुर माझी,शान्ति तामाग,सरला श्रेष्ठ,विक्रम श्रेष्ठ,लक्ष्मी श्रेष्ठ,सोमिता श्रेष्ठ,पुगेन्द्र लिम्बु लगायत ३७ जना नेपाली कांग्रेसकमा प्रवेश गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
नवप्रवेशी सवैलाई धनकुटा ७ को सितलपाटीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री सुनिल वहादुर थापा,जिल्ला सभापती दिनेश राई,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला उपसभापती सुनिल डंगोल,जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई,लगायतले खादा माला तथा टिका लगाई स्वागत गरेका थिए ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै नेताहरुले धनकुटको विकास र समृद्धीका लागि आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन सवैलाई आग्रह गरे । पार्टीका धनकुटा नगरपालिका वडा नं। ७ का सभापती शैलेसमान श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा शर्मिला वस्नेत सभापति, निल कुमार राई उपसभापति, सचिव सरला न्यौपाने रहने गरि २१ सदस्यीय टोल समिति पनि गठन गरिएको छ ।
अन्य सदस्यहरुमा शान्ती लिम्बु,चित्र वहादुर माझी,सरला श्रेष्ठ,यज्ञ कुमारी दाहाल,पूर्ण देव याक्खा,देवेन्द्र कुरुबाङ्ग,राम प्रसाद राई,चन्द्र माया राई, अन्जना राई दुर्गेन्द्र लिम्बु लगायत रहेका छन् ।
गत २०७४ सालको स्थानीय तह निर्वाचन २३ मतले मात्र पराजित भएको नेपाली कांग्रेसमा गत तिन महिना भित्रनै धनकुटा ७ मा १ सय ९४ जना विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरिसकेकोले यहाँ यसपालीको निर्वाचनमा जित सुनिश्चित जस्तै भएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।


