नेकपा एमाले पाख्रीवास नगर कमिटी धनकुटाको नगरस्तरीय कार्यकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबासमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)नगर कमिटी पाख्रीवासको आयोजनामा नगरस्तरीय कार्यकर्ता भेला तथा जिल्ला कमिटी पदाधिकारी र सदस्यहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

संघिय सांसद, नेकपा एमाले केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य विनादेवी राई,शकुन्तला बस्नेत,जिल्ला अध्यक्ष तथा प्रदेश सांसद इन्द्रमणि पराजुली,पूर्व माननिय तथा प्रदेश १ उपाध्यक्ष टीकाराम चेम्जोंग,प्रदेश १ सल्लाहकार खिम कुंवर,धनकुटा नपा प्रमुख चिन्तन तामांग,जिल्ला कमिटी सदस्य तथा निर्वाचन क्षेत्र नं २ का संयोजक भीम राई ,पाख्रीबास नपा प्रमुख बृख बहादुर राई,उपप्रमुख देवकला पौडेल लगायतका अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले अहिले गठबन्धनको नाममा प्रतिक्रियावादीहरु केन्द्र देखि गाउं सम्म अगाडि बढ्दै गरेको बताउनु भयो । हामी निर्णायक घडीमा पार्टीलाई जनतामाझ लिएर जांदैछौ तर सिद्दान्त कुन चरीको नाम हो थाहा नभएको कांग्रेससंग आत्तिनु पर्ने कुनै अवस्था नभएको बताउनु भयो ।

कार्यक्रममा राप्रपा र माओवादी पार्टी परित्याग गर्दै ४ जना एमालेमा प्रबेश गरेका थिए । नवप्रबेशीहरुलाई सांसद राई र अध्यक्ष पराजुलीले स्वागत गर्दै बधाई-शुभकामना दिएका थिए ।

नगर कमिटी अध्यक्ष शान्तिराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य नगर इन्चार्ज नेत्र भण्डारी र संचालन नगर कमिटी सचिव तथा वडा नं ८ का अध्यक्ष सिताराम राईले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।