नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाद्वारा ४ वटा जनसंगठन निर्माण

धनकुटा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी धनकुटाले आज विभिन्न ४ वटा जनसंगठन निर्माण तथा घोषणा गरेको छ । पार्टी कार्यलय धनकुटामा आयोजना गरेको एक कार्यक्रमका बिच नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन , रिटरनी फेडेरेसन नेपाल ,नेपाल भुमिहिन सुकुमबासी संगठन र नेपाल खेलकुद नगर महासंघ गठन गरिएको छ ।

त्यस्तै गरी रबिन राईको अध्क्षतामा ११ सदस्य नेपाल भुमिहिन तथा सुकुम्बासी जिल्ला संगठन निमार्ण गरिएको छ । उपाध्यक्षमा ओली माया बस्याल र सचिवमा कुमार घर्ती मगर रहेकाछन् । सोहि अवसरमा कोमल राईको अध्यक्षतामा २१ सदस्य रिटरनी फेडेरेसन नेपाल जिल्ला संगठन गठन गरिएको छ ।उपाध्यक्षमा खड्गबहादुर भट्राई , सचिवमा रबिन खड्गी र सहसचिवमा मोहोन थापा मगर रहेकाछन् ।

कार्यक्रम जिल्ला कमिटी सदस्य होम माया मगर कमलाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि एमाले पार्टिका केन्द्रिय सदस्य तथा प्रदेश संसद बिना देवि राई रहनुभएको थियो । त्यस्तै गरी कार्यक्रमा सम्बोधन गर्दै प्रमुख अतिथि बिनादेवि राई , जिल्ला पार्टी अध्यक्ष ईन्द्रमणि पराजुली , उपाध्यक्ष चिन्तन तामाङ, सचिव निरन राई , उपसचिव शिब आङ्ला पार्टीका कार्यलय सचिव नैना रुचालल लगायतले नेकपा एमाले पार्टीले मात्र भुमिहिनहरुलाई भुमिको व्यवस्था गर्ने बताएका छन् । विगतमा पनि एमाले पार्टीले मात्र नेपालका सुकुम्बासीहरुको मागको सम्बोधन गर्दै भुमिको व्यवस्था गर्दै आईरहेको बताएका थिए ।

त्यस्तै गरी उनिहरुले खेलकुद क्षेत्रको विकासले मात्र युवाको संरक्षण तथा वृद्धि विकास हुने भन्दै नगर खेलकुद संगठनमा निर्वाचित पदाधीकारीहरुलाई शुभकामना दिएका थिए । सोहि अवसरमा नेताहरुले विदेश बाट फर्केका युवाहरुलाई आगामी दिनमा पार्टीले निति बनाएर वेदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने बताएकाछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।