‘कम्युनिष्टहरुले दुई तिहाई बहुमत पाएर न सरकार चलाउन सके, न त केही परिर्वतन नै गर्न सके !’- थापा
धनकुटा । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल बहादुर थापाले दुई तिहाई वहुमत प्राप्त गर्दा पनि सरकार समेत चलाउन नसकेको बताउनु भएको छ ।
पार्टीको घर घर जाऔ, कांग्रेसलाई जिताऔ अभियान अन्र्तगत धनकुटा नगरपालिका वडा नं ६ मा कांग्रेसले आयोजना गरेको वहत कार्यक्रमलाई सम्बोधन गर्र्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो “दुई तिहाई महुमत प्राप्त गर्दा पनि कम्न्यूष्टिहरुले मुलुकमा सरकार पनि चलाउन सकेनन् र कुनै परिवर्तन पनि गर्न सकेनन् ।” त्यसैले अबको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले बहुमतका साथ विजयी हाँसिल गर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै गरी पार्टीका जिल्ला सभापती दिनेश राईले धनकुटामा पटक पटक कम्न्यूष्टिहरुले विजयी प्राप्त गर्दा पनि जिल्लाको विकास हुन नसकेको बताउनुभयो । त्यसैले धनकुटाको विकासका लागि कांग्रेसलाई जिताउन जिल्लावासी सम्पूर्णलाई आग्रह गर्नु भयो भने पार्टीका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले मुलुकलाई धनी बनाउन आर्थिक कान्तिको नेतृत्व अव कांग्रेसले गर्ने उल्लेख गर्नुभयो ।
पार्टीका ६ नं वडा सभापती रुपेश श्रेष्ठको अध्यक्षतमा सम्पन्न वृहत भेलालाई १ नं प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य,जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई ,क्षेत्रिय उपसभापती मिलन खड्की र धनकुटा नगर सभापती नरेश श्रेष्ठले धनकुटा नगरको समग्र विकासको लागि कांग्रेसले जित्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमको सञ्चालन वडा सचिव अनिता कोईरालाले गर्नु भएको थियो । यसअघिका निर्वाचनहरु अत्यधिक मतले कांग्रेस विजयी हुँदै आएको यस वडामा यस पटक पनि विभिन्न पार्टी परित्याग गरेर २ सय ६ जना कांग्रेसमा प्रवेश गरिसकेकोले जित सुनिश्चित रहेको वडा सभापती श्रेष्ठले बताउनुभयो ।


