राष्ट्रिय युवा संघ नेपालको बृहत जिल्ला भेला धनकुटामा सम्पन्न , पोख्रेलको अध्यक्षतामा १ सय ७१ जिल्ला कमिटी घोषणा

धनकुटा । राष्ट्रिय युवा संघ नेपालको बृहत जिल्ला भेला धनकुटामा सम्पन्न भएको छ । सो क्रममा धनकुटा जिल्लाको सातै तहका वडाबाट भेलामा सहभागी हुन आईपुगेका हजारौं युवाहरुले शक्ति प्रदर्शन तथा मार्चपास गरेका थिए ।

वृहत् जिल्ला भेलाले प्रविन पोख्रेलको अध्यक्षतामा १ सय ७१ राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटी घोषणा गरेको छ । सोही अवसरमा मोहन लिम्बूको अध्यक्षतामा ७५ सदस्य युथफोर्श नेपालको जिल्ला कमिटी घोषणा गरेको छ ।

नेकपा एमालेको पोलिटव्युरो सदस्य,केन्द्रीय युवा संघका ईन्चार्ज तथा सांसद महेश बस्नेतले जिल्ला युवा भेलालाई सम्बोधन गर्दै सिके राउत तथा विप्लव जस्ता समूहलाई राज्यको मुलधारमा ल्याउनु केपी ओलीको ऐतिहासिक सफलता भएको उल्लेख गर्दै उहाले विप्लवले निर्वाचनमा समेत भाग लिने निर्णय गरेकोमा स्वागत गर्नुभयो ।

विप्लव नेतृत्वको पार्टी निर्वाचनमा भाग लिने निर्णय गरेसँगै विभिन्न वहानामा सरकारले स्थानीय तहको निर्वाचन सार्ने खेलमा लागेको आरोप लगाउँदै उहाँले निर्वाचन रोक्ने प्रयास गरे एमालेले मुलुकभर आन्दोलनको आँधिवेरी ल्याउने समेत चेतावनी दिनुभयो ।

त्यसको लागि देभरका युवा विद्यार्थी तथा एमालेका कार्यकर्तालाई तयारी अवस्थामा रहन समेत निर्देशन दिनुभयो । त्यस्तै गरि उहाले देउवा नेतृत्वको गठबन्धन सरकारले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका राज्यको तिनवटै अंग ध्वस्त पार्ने काम भएको बताउनुभयो ।

त्यस्तै भेलालाई सम्बोधन गर्दै जिल्ला पार्टी अध्यक्ष तथा प्रदेश सासंद ईन्दमणि पराजुलीले स्थानीयतहको निर्वाचनमा सबै खालको गठबन्धनलाई पत्तासाफ गरेर बैशाख ३० गते पछि धनकुटा एकलौटी एमालेको लालकिल्ला बनाउने उदघोष गर्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।