काङ्ग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरि सयौं संख्यामा युवाहरू एमालेमा प्रवेश
धनकुटा । चुनाव लक्षित एमाले पार्टी प्रवेश अभियान निरन्तर अगाडि बढिरहेको छ ।
सोही क्रममा शनिबार धनकुटामा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको बृहत जिल्ला भेलाको अवसरमा नेपाली ,काङ्ग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरि सयौं संख्यामा युवाहरू एमाले पार्टी प्रवेश गरेका छन् ।
भेलाका प्रमुख अतिथि रहनुभएका नेकपा एमालेको पोलिटब्यूरो सदस्य ,केन्द्रीय युवा संघका इन्चार्ज तथा सासंद महेश बस्नेत , त्यस्तै गरिएमाले पार्टीका केन्द्रीय सदस्य ,जिल्ला ईन्चार्ज सासंद राजेन्द्र राई , प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोंग लगायतका नेताहरूले खदा तथा अविरले स्वागत गर्दै पार्टी प्रवेश गराउनु भएको थियो ।


