धनकुटा ७ श्रीवानीमा कांग्रेसको तीन वटा टोल समिति गठन
धनकुटा । धनकुटा नगरपालिकाको वडा नं ७ मा नेपाली कांग्रेसको प्रत्येक टोलमा टोल समितिलाई परिचालन गर्ने अभियान अन्र्तगत श्रीवानीमा तीन वटा टोल समिति गठन गरी परिचालन गरिएको छ ।
वृहत टोल भेलाको आयोजना गरि त्यस वडामा श्रीकृष्ण टोल समिति, बछ्लादेवी गैयाँदेवी टोल समिति र नर्वदेश्वर टोल समिति गठन गरिएको हो ।
जसअनुसार श्रीकृष्ण टोल समितिको सभापतीमा प्रेम डंगोल,उपसभापतीमा रविन डंगोल,सचिवमा अमुल्य कर्माचार्य रहेका छन् । अन्य सदस्यहरुमा पुष्पा प्रधान,विकास डंगोल,शान्ति श्रेष्ठ,सन्तोष श्रेष्ठ,निशान श्रेष्ठ,मिना कुमार डंगोल,शुरेस डंगोल र चित्रमान डंगोल रहेका छन् ।
बछलादेवी गैयादेवी टोल समितिको सभापतीमा प्रकाश कर्माचार्य, उपसभापतीमा देव कुमार डंगोल,सचिव नरेन्द्र श्रेष्ठ रहेका छन् । सदस्यहरुमा विष्णु वहादुर कर्माचार्य,काशीराम डंगोल,थोमश आले,सुजन डंगोल,कृष्ण भुजेल, एककुमारी डंगोल,मिना कुमारी काईराला, रत्नमाया विसंखे रहेको वडा सचिव उर्गेन शाक्यले जानकारी दिनुभयो ।
त्यस्तै नरवदेश्वर टोल समिती सभापतीमा विष्णु भगत श्रेष्ठ,उपसभापतीमा अजय श्रेष्ठ,सचिवमा रुपेश श्रेष्ठ रहेका छन् । सदस्यहरुमा उद्धव श्रेष्ठ,लक्ष्मी श्रेष्ठ,सुष्मिता श्रेष्ठ र राम नारायण श्रेष्ठ रहेका छन् । भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल वहादुर थापाले एमसिसिले नेपाललाई आर्थिक हिसाबले आत्मा निर्भर बन्न थप सहयोग पुग्ने बताउनु भएको छ ।
परियोजना अन्र्तगत नेपालले बुजुली बचेर आत्मनिर्भर हुने उहाँको भनाई छ । त्यस्तै जिल्ला सभापती दिनेश राईले फुसको छाना हटाएर टिनको छाना लगाउने सरकारको अभियान अन्र्तगत यस पटक धनकुटा जिल्लामा ६३ सय घर धुरीलाई फुसको छाना हटाएर टिनको छाना लगाउने योजना रहेको जानकारी गराउनुभयो ।
पार्टीका ७ नं वडा सभापति सभापती शैलेसमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला उपसभापती सुनिल कुमार डंगोल,सचिव विजय सन्तोषी राई,जिल्ला सदस्य रोशेष श्रेष्ठ लगायतको उपस्थिती थियो ।


