सिंहदरबारभित्र सुविधा सम्पन्न स्वास्थ्य कक्ष

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र एम्बुलेन्ससहित अन्य स्वास्थ्य सुविधासहितको स्वास्थ्य कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको छ । नयाँ स्थान र नयाँ संरचना साथ तयार गरिएको हेल्थ डेस्कको आइतबार मुख्य सचिव शङ्करदास वैरागीले उद्घाटन गरे ।उद्घाटनपछि मुख्य सचिव वैरागीको स्वास्थ्य परीक्षण गरी हेल्थ डेस्कको शुभारम्भ गरिएको थियो । वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा भुपेन्द्रकुमार बस्नेतले मुख्य सचिव बैरागीको स्वास्थ्य परीक्षण गरेका थिए ।

मुख्य सचिव बैरागीले सिंहदरबार परिसरमा हेल्थ डेस्क राखिसकेपछि कर्मचारीहरूको आधारभूत स्वास्थ्य परीक्षणमा सहजता हुने बताए । हाल सिंहदरबारमा सात हजार कर्मचारी कार्यरत छन् । यसअघि २०७४ साल फागुन १६ गतेदेखि पनि त्यहाँ हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सेवा दिइँदै आएकोमा कोभिडपछि सम्पूर्ण कर्मचारी बन्दाबन्दीमा घरमै बसेकाले उक्त हेल्थ डेस्कले दिँदै आएको स्वास्थ्य सेवा बन्द गरिएको थियो ।सिंहदरबार हेल्थ डेस्कका प्रमुख दीपक भुडभरीले हेल्थ डेस्कमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य सेवा दिइने जानकारी दिए । उनले वीर अस्पतालका दुईजना चिकित्सक र तीन जना स्वास्थ्यकर्मीसहित पाँचजना दैनिक खटिने बताए । गोरखापत्र दैनिकमा खबर छ ।

यो पनि पढ्नुहोस..काठमाडौँ, नेपाली प्रगतिवादी कला, साहित्य, गीत–सङ्गीत तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका पाँच स्रष्टालाई सम्मान गरिएको छ । जनसांस्कृतिक महासङ्घ नेपालले प्रदान गर्दै आएको ‘जनसांस्कृतिक राष्ट्रिय सम्मान २०७८’ बाट अग्रज ललितकलाकर्मी जुलुमलाल चित्रकार, साहित्यकार पोषराज पौडेल, चलचित्रकर्मी विमल पौडेल, गायिका प्रगति हिङ्माङ र नाट्यकर्मी जेबी रुवाली रु दश हजार पुरस्कार राशि तथा ताम्रपत्रसहित सम्मानित भएका हुन् । विसं २०५५ चैत ५ गते काभ्रेपलाञ्चोकको अनेकोटमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जम्मा भएकामध्ये सात कलाकारको तत्कालीन सरकारबाट चलाइएको गोलीबाट हत्या भएको थियो ।

चौबीसौँ सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले सम्मान गर्दै समाजमा रहेको विभेद हटाई प्रगतिशील रुपान्तरणका लागि संस्कृतिकर्मीले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिनुभयो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासङ्घ नेपालका इन्चार्ज डा गोपाल ठाकुरले सङ्घर्ष र चुनावका बेला मात्र संस्कृतिकर्मी चाहिने प्रवृत्तिको अन्त्य हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले ‘सांस्कृतिक प्रतिरोध दिवस र प्रगतिशील संस्कृति रुपान्तरणको प्रश्न’ विषयमा अवधारणापत्र प्रस्तुत गर्दै खबर प्रवत्तिका विरुद्ध प्रतिरोधी चेतनासहित जनता जगाउने काममा संस्कृतिकर्मीले सशक्त ढङ्गले आवाज उठाउँदै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अवधारणापत्रमाथि टिप्पणी गर्दै उपप्राध्यापक बालाकृष्ण अधिकारीले भविष्यको सुन्दर मार्गचित्र कोर्न इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभयो ।

महासङ्घका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले प्रगतिवादी संस्कृति निर्माणमा स्रष्टाले सिर्जनात्मक अभियानलाई व्यवस्थित गर्नुपर्ने भनाइ राख्नुभयो भने उपाध्यक्ष कर्ण विद्रोहीले संस्कृतिकर्मीले आफ्ना सिर्जनामार्फत रुपान्तरणका पक्षमा वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । अर्का उपाध्यक्ष भीम कुमाखीले प्रतिरोध दिवसले स्रष्टालाई कला, साहित्य, गीत–सङ्गीत तथा सिर्जनाका विभिन्न माध्यमबाट सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन अभिप्रेरित गरेको बताउनुभयो । महासङ्घका केन्द्रीय सचिव केशरी घर्ती मगरले संस्कृतिकर्मीले दिएको बलिदानले देशमा परिवर्तन आउन सकेको बताउनुभयो । सो अवसरमा कवि प्रथा, बाबा बस्नेत, कृष्णकिसुलगायतले कविता वाचन गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖