एमालेबाट निर्वाचित पूर्व वडा सदस्य सहित दर्जनौ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ का पूर्व जनप्रतिनीधि सहित दर्जनौ नेकपा एमालेका वडा स्तरीय नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
एमालेले निर्वाचन ताका वडा तथा टोलको विकासका लागि गर्ने भनेका योजनाहरु पुरा नगरी जनतालाई ढाँटेको भन्दै आफुहरु कांग्रेमा प्रवेश गरेको उनिहरुले बताएका छन् । उनिहरुले एमालेबाट वडा तथा टोलको विकास नहुने समेत बताएका छन् ।
कांग्रेसमा प्रवेश गर्नेहरुमा पाख्रीवास नगरपालिका वडा नं ३ का निर्वाचित पूर्व वडा सदस्यहरु नेत्र वहादुर आलेमगर,खड्ग पौडेल,पूर्ण वहादुर सिंजाली,मन वहादुर दर्माली लगायत ३७ जना रहेका छन् । उनिहरुलाई विशेष कार्यक्रमको वीच पार्टीका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री सुनिल वहादुर थापा,केन्द्रिय आमन्त्रित सदसय मनोहर नारयाण श्रेष्ठ,जिल्ला उपसभापती सुनिल कुमार डंगोल,सचिवहरु विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग,जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुङ लगायतले स्वागत गरेका थिए ।
यो वडामा एमाले सहित अन्य पार्टीहरु परित्याग गर्दै अहिले सम्म १ सय १६ जना कांग्रेसमा प्रवेश गरीसकेका छन् । सोही अवसरमा पाख्रीवास कृषि केन्द्रमा अध्ययनरत नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरिएको थियो ।


