एमाले पाख्रीबास नगर कमिटी धनकुटाको आयोजनामा वडा नं २ सान्नेमा बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

धनकुटा । पाख्रीबास नगर कमिटी धनकुटाको आयोजनामा वडा नं २ सान्नेमा बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वडा कमिटी अध्यक्ष दिल बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडाका विभिन्न टोलबाट सयौ संख्यामा नेता ,कार्यकर्ताको उपस्थित रहेको थियो ।

भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि जिल्ला सचिवालय सदस्य तथा मेयर वृष बहादुर राई , नगर कमिटी अध्यक्ष सान्तिराम गौउतम , नगर उपसचिव सरोज राई , जिल्ला कमिटी सदस्यहरु लगायतले पार्टीको समसामयिक विषयमा जानकारी गराएको थियो । साथै आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा अत्यधिक बहुमतका साथ एमाले पार्टीको जित हुने बताएकाछन् ।

उनिहरुले एमालेको माहोल र जनताको मन मनमा बस्न सफलभएको देखेर काङ्ग्रेस तर्सि सकेको बताए । कार्यक्रममा वडा कमिटीका पदाधिकारी , जिल्लाका नेताहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै नगरको वडा नं ७ मा पनि बृहत् भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोहि अवसरमा वडाका नगर विभिन्न संगठनमा निर्वाचित सदस्यहरुलाइ प्रमाण पत्र वितरण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।