पाख्रीबास ४ मा वडा स्तरिय बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पाख्रीबास नगर कमिटीको आयोजनामा नगरपालिकाको वडा नं ४ को बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

स्थानिय तह निर्वाचनलाई लक्षित गरेर नगर कमिटीले सबै वडाहरुमा कार्यक्रम संचालन गरिरहेको छ । वडा कमिटी अध्यक्ष मदन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाका विभिन्न टोलबाट सयौ संख्यामा नेता ,कार्यकर्ताको उपस्थिती रहेको थियो ।
भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि जिल्ला सचिवालय सदस्य तथा नपा प्रमुख वृष बहादुर राई , नगर कमिटी अध्यक्ष शान्तिराम गौतम , नगर उपसचिव सरोज राई , जिल्ला कमिटी सदस्यहरु लगायतले पार्टीको समसामयिक विषयमा जानकारी गराएको थियो ।
कार्यक्रममा बोल्दै नगर उपसचिव राईले नेपाली कांग्रेस डिप्रेशनमा गइसकेको र अबको केही समयपछि कोमामा जाने बताउनु भयो । सहभागी वक्ताहरुले एमाले संग डराएर गठबन्धन बनेर आउंदैछन् रे तर हामी ४ दल त के ७-८ पार्टी नै मिलेर आएपनि जनताको मन जित्ने काम गरेका छौं र बहुमतले चुनाव जित्नेमा ढुक्क हुनुपर्छ ।

कार्यक्रममा हाम्रो पार्टी प्रति वर्तमानमा झनै माहोल हामीतिर आएकोले कांग्रेस लगायतका अन्य दलहरु तर्सि सकेको र गाउं गाउं गएर भ्रम छर्दै गरेकोले त्यस्ता भ्रममा नपरि हामीले जुन काम गरेका छौं,त्यही कामलाई हेरेर गाउं गाउंमा जानु पर्नेमा सहभागी वक्ताहरुले जोड दिएका थिए ।


