सत्तारुढ दल बीच गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय

धनकुटा । गठबन्धन दलहरुको धनकुटा नगर स्तरिय बैठकले धनकुटा नगर क्षेत्रमा सत्तारुढ दल बीच गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय भएको छ ।

नगरमा क्रियाशिल सत्ता गठबन्धन दलहरु नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजपाटी पार्टीको नगर स्तरीय समितिको आज बसेको बैठकले स्थानिय तहको निर्वाचनको जित आफ्नो पक्षमा पार्न व्यापक रुपमा परिचालित हुने निर्णय समेत गरेको छ ।

बैठकले धनकुटा नगरपाकिाको प्रमुख, उप्रमुख र वडाहरुमा गठबन्धन गरी चार दलको तर्फबाट संयुक्त रुपमा उम्मेदवारी दिने र निर्वाचन जित्न अभियान संचालन गरि सिट बाड फाड समेत गर्ने र त्यसका लागि आ आफ्नो दलमा छलफल गरी चैत्र १३ गते गठबबन्धनको संयुक्त बैठक गर्ने निर्णय गरेका छन् ।

गठबन्धनका नेताहरुले गठबन्धनको पक्षमा जनमत सिर्जना गर्न नगर,वडा र टोल समितिहरुलाई आग्रह समेत गरेका छन् । बैठकमा बोल्दै नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले धनकुटा नगरमा सत्ता गठबन्धनले दोब्वर मतको अन्तरले निर्वाचन जित्ने तयारी गरिरहेको दावी गर्नु भयो । भने नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष हेमचन्द्र किरातीले यस नगरको टोल टोलमा समितिहरु निर्माण गरी परिचालन गरेकोले पहिलेको भन्दा अहिले पार्टीको स्थिति राम्रो भएको उल्लेख गर्नुभयो ।

२०७४ सालको स्थानिय तह निर्वाचनमा एमालले झिनो मतको अन्तरले जितेको यस नगरमा नेपाली कांग्रेसले ४ हजार ८ सय १९ मत,नेकपा माओवादी केन्द्रले २ हजार ६ सय मत प्राप्त गरेको थियो ।

बैठकमा नेपाली कांग्रेस धनकुटा नगरका सभापती नरेश श्रेष्ठ, उपसभापती अमित लो तामाङ, नेकपा माओवादी केन्द्र धनकुटा नगरका संयोजक गणेश विष्ट,नगर अध्यक्ष हेमचन्द्र किराती,सचिव खगेन्द्र विष्ट,नेकपा एकिकृत समाजवादी धनकुटाका नगर इञ्र्चाज सोम वहादुर राई,नगर अध्यक्ष सुजनभाई जोशी,जनता समाजवादी पार्टी धनकुटा जिल्लाका कोषाध्यक्ष सरोज आठपहरिया,नगर अध्यक्ष दिल कुमार राई लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖