‘तीन स्थानिय तहमा एमाले माओवादी गठबन्धन’

नारायण कुमार राई/धनकुटा,१२ चैत्र । धनकुटाका ३ स्थानिय तहहरुमा एमाले संग चुनावी गठबन्धनको लागि माओावादीको प्रस्ताव आएको नेकपा एमाले धनकुटाले बताएको छ ।

शनिबार पाटीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एमालेका केन्द्रिय सदस्य राजे्रन्द्र कुमार राईले पत्रकारहरुलाई यस्तो जानकारी दिनुभएको हो ।

राईले धनकुटाको सहिदभूमि गाउँपालिका,छथरजोरपाटी गाउँपालिका र चौबिसे गाउँपालिकामा चुनावी तालमेलको लागि प्रस्ताव आएको जानकारी दिनुभएको छ ।

यस सन्दर्भमा जिल्ला अध्यक्ष ईन्द्रमणी पराजुलीले पनि‘आफूहरु रुखमा भोट नहाल्ने बताउँदै सकिन्छ भने मिलाउनुस्’ भनेर माओवादीको प्रस्ताव आएको जानकारी दिनुभयो ।

सम्भव भए एमाले माओवादी गठबन्धन गर्ने,नसके एमाले प्रवेश गरेर चुनाव लड्ने माओवादीका नेताहरुको प्रस्ताव समेत आएकाले उक्त बिषयमा पाटी भित्र छलफल भईरहेको पराजुलीले जानकारी दिनुभयो ।

‘हाम्रा पाटी भित्र पनि धेरै नेता तथा कार्यकर्ताहरुलाई ब्यबस्थापन गर्नुपर्ने भएकाले हामी माओवादीहरुको उक्त प्रस्तावमा छलफल गरिरहेका छौ ।’–पराजुलीले भन्नुभयो ।

कार्यक्रममा केद्रिय सदस्य राई र पराजुलीले रातो किताबमा प्रकाशन भईसकेको धनकुटाको १० अर्ब बिकास बजेट मध्ये ६ देखि ७ अर्ब गठबन्धन सरकारले कटौती गरेको प्रति आलोचना गर्नुभयो ।

जनताको बिकास बजेट कटौति गरेर गठबन्धनलाई जनता सामु भोट माग्न जाने अधिकार नभएको उहाँहरुको भनाईरहेको थियो ।कपत्रकार सम्मेलन मार्फत् एमालले बिज्ञप्ती जारी गरेर केहि वडा बाहेक सबै ७ स्थानिय तहमा बिजयी हांसिल गर्ने दाबी गरेको छ ।

पहिला थोरै जनताका काम गर्दा पनि ७ तह क्लिनस्वीप गरेकाले हाल जनताका लागि धेरै काम गरेकाले गठबन्धनको घेराबन्दिले कुनै असर नगर्ने एमाले नेताहरुको ठहर छ ।

कार्यक्रममा एमालेका,सचिव निरन राई,सह–सचिव शिब आङ्ला(लिम्बू) लगाएत पाटीका नेताहरु टंक चौहान,भीम राई,रामकुमारी राई(रोजा),भेषराजकट्टेल,प्रचारबिभाग प्रमुख साबित्रा राई लगाएतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।