धनकुटामा अरु पार्टीले चुनाव जित्छु भन्नु दिवास्वाप्न मात्र हो :एमाले

धनकुटा,१२ चैत । नेकपा एमाले धनकुटाले आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा सातैपालिका जित्ने दावि गरेको छ ।

२०७४ सालमा भएको स्थानीयतह निर्वाचनमा धनकुटाका सातवटै स्थानीयतहका प्रमुख र उपप्रमुख सहित ६० मध्ये ४३ वटा जितेको भन्दै यस पटक पनि केहि वडाहरु मा मात्र अन्य पाटी संग प्रतिस्पर्धा रहेको बताएको छ ।

धनकुटामा आज पत्रकार सम्मेलन गर्दै धनकुटाका सातै तहका प्रमुख र उपप्रमुख र ६० वटा वडा मध्ये ५२ वटा वडा एमालेले जित्ने दावी गरेको हो ।सत्तारुढ गठबन्धनका दलहरुले तालमेल गरेर जाने सहमति गरेपनि एमाले एक्लैले सबै पलिका जित्ने एमालेका केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र कुमार राईले बताउनुभयो ।

संयूक्त गठबन्धन गरेर एमालेलाई हराउने रणनिती धनकुटामा नटिक्ने भन्दै गठबन्धन मध्येको एक दल माओवादी सँग मिलेरै भएपनि चुनाब जित्ने दावी एमालेको छ ।पत्रकार सम्मेलनमा एमाले नेताहरुले धनकुटामा एमालेले गत निर्वाचनमा संघ प्रदेश र स्थानीय तहमा ८५ प्रतिसत भन्दा बढि जनप्रतिनिधि एमालेको भएको भन्दै धनकुटामा अरुदलले चुनाव जित्ने भनेको दिवासपना मात्र भएको बताएका छन ।निर्वाचनमा माओवादीसग पनि चुनावी तालमेल गर्ने कुरा भईरहेको जानकारी गराउदै एमाले अध्यक्ष इन्द्रमणि पराजुलीले गठबन्दनले एमालेलाई कुनै प्रभाव नपार्ने दावी ग्र्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖