हारको मानसिकताले धनकुटामा एमालेले माओवादी सँगै गठबन्धन गर्ने भनि अनर्गल प्रचार गर्यो : सत्ता गठबन्धन

धनकुटा । धनकुटामा क्रियाशिल सत्ता गठबन्धन दलहरुमा एमालेले अर्नगल प्रचार गरि भ्रम फैल्याएको बताएका छन् ।

गठबन्धन दल बीच फुट ल्याउन एमाले अर्नगल प्रचार गरेको भन्दै सत्ता गठबन्धन दलहरुले त्यस्तो भ्रममा नर्पन सम्पूर्णलाई आग्रह गरेको छ । एमालेले स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी सँग धनकुटाको तीन तहमा गठबन्धन गर्ने भनेर भ्रम फैलाएको र त्यसमा आफुहरुको गंभिरध्यानार्कषण भएको सत्ता गठबन्धन दलहरुले वताएका छन् ।

साथै निर्वाचनमा सत्ता गठबन्धन दल बीच नै गठबन्धन हुने पनि स्पष्ट पारेका छन् । धनकुटा नगरका सवै वडाहरुमा सत्ता गठबन्धन दलहरुले गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरी पालिका र वडाहरुमा गठबन्धन गर्ने निर्णय प्रति प्रतिवद्धता हुदै वडा स्तर सम्म सत्ता गठबन्धनको संयुक्त बैठक गर्ने र मतदाताहरुलाई गठबन्धनको सन्देश दिने लगायतका महत्वपूर्ण निर्णयहरु भएको नेपाली कांग्रेस धनकुटा नगरका सभापती नरेश श्रेष्ठले वताउनु भयो ।

एमालेले स्थानिय तह निर्वाचनमा आफुहरु सँग मिल्ने भनि गरेको प्रचार गलत भएको र यस्तो भ्रम नपर्न सम्बन्धित सबैलाई नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा धनकुटा नगर संयोजक गणेश विष्टले आग्रह गर्नुभएको छ ।

उहाँले एमालेको यो कदम प्रति आपत्ति जनाउदै हारको हतास मानसिक्ताले यस्तो कदम चालेको टिप्पणी गर्नुभएको छ । साथै यो कुरामा कुनै सत्यता नभएकोले नेकपा माओवादीले धनकुटामा सत्ता गठबन्धन दलसँग नै मिलेर निर्वाचनमा जाने स्पष्ट पार्नुभएको छ । त्यस्तै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव एवम् धनकुटा नगर संयोजक विजय सन्तोषी राईले सत्ता गठबन्धन दलहरुले सहकार्य गरेर गठबन्धन गरी धनकुटामा निर्वाचनमा जाने निर्णय भएपछि एमाले आत्तिएर जो पायो त्यही बोल्न र गर्न थालेको आरोप लगाउनु भएको छ ।

उहाँले एमाले अहिले हतोत्साही भएको उल्लेख गर्नुभएको छ । उता जनता समाजवादी पार्टी धनकुटा जिल्लाका कोषाध्यक्ष सरोज आठपहरियाले तत्काल गठबन्धन दलहरुले वडा र टोल स्तर सम्म पुगेर एमालले फैलाएको भ्रमको विरुद्ध स्पष्ट पार्नु पर्ने वताउनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।