देउवा नेतृत्वको सरकारले जनताको पाक्न लागेको गाँस खोस्ने काम गरेको : सांसद राई

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं १ सान्नेमा वडा अध्यक्ष हेम बहादुर पाण्डेले स्वास्थ ,विद्यालय र वडा कार्यालयको उदघाटन गरेको छ ।

वडा अध्यक्ष पाण्डेले सोमबार एक कार्यक्रमका बिच दुई विद्यालय , स्वास्थ र वडाको प्रशासनिक भवनको एकैदिन उदघाटन गरेको हो । नवनिर्मित भवनहरुको उदघाटन गर्दै संघिय सांसद राजेन्द्र कुमार राईले अहिलेको गठबन्धन देउवा नेतृत्वको सरकारले तमोर जलसायको आयोजना लगायत विभिन्न आयोजनाको काम रोकेर जनताको पाक्न लागेको गाँस खोस्ने काम भएको टिप्पणी गर्नु भयो ।

साथै उहाले तमर जलविद्युत आयोजना रोक्नुको कारण धनकुटा ,पाचथर ,माेरङ झापा लगायत ५ वटा जिल्लाका जनतालाई जवाफ दिनु पर्ने बताए ।

त्यस्तै गरि एमाले पार्टी बाट निर्वाचत जनप्रतिनिधिले गरेको काम र विकास बाट धनकुटा जनता मन मनमा एमाले पार्टी बस्न सफल भएको दावी पनि गर्नु भयो ।

आगामी तिनै तहको निर्वाचनमा जनताले एमाले पार्टीको पक्षममा मात्र भोट लगाउने सुनिश्चित भईसकेको भन्दै अन्य पार्टी गठबन्धनको मतपेटिका ढ्वाङ खाली हुने दावी गर्नु भयो ।

सोही कार्यक्रममा बोल्दै पाख्रिबास नगरपालिकाको मेयर वृष बहादुर राईले सडक , भौतिक पुर्वाधार निर्माण , शिक्षा स्वास्थ ,खानेपानी, पर्यटन लगायत क्षेत्रमा नगरपालिकाले धेरै काम गर्न सफल भएको बताउदै धेरै ठूलो परिवर्तन आएको दावी गर्नु भयो ।

त्यस्तै गरि वडा अध्यक्ष पाण्डेले कार्यक्रममा ५ वर्षमा वडा भित्र गरेका काम तथा विकासको प्रगति विवरण प्रस्तु गर्नु भएको थियो । वडा अध्यक्ष पाण्डेले अब सान्नेका वडा बासीको जीवन स्तर सुधार भएको दावी गरेका थिए ।

नवनिर्मित विद्यालयको भवनहरुमा अन्पुर्ण माध्यमिक विघालयको ४ कोठे दुई तलाको भवन ७२ लाख , नर्वदेस्वर विद्यालयको १ तले ३ कोठाको भवन ३६ लाख , स्वास्थ चौकी भवन १ तले ४ वटा कोठा भएको ३३ लाख र वडाको प्रशासनिक वडाकार्यलय भवन ५ वटा कोठा भएको १ तले ३३ लाखमा निर्माण गरिएको वडा अध्यक्ष पाण्डेले जानकारी दिनु भएको थियो ।

कार्यक्रममा उपमेयर देवकला तिमल्सिना , कार्यपालिका सदस्य नम्रता देउजा लगायत शिक्षक अभिभावक , कर्मचारी , स्थानीय र विभिन्न राजनीतिक दलका प्रमुखको उपस्थित रहेको थियो ।

कार्यक्रममा वडा कार्यालय र स्वास्थ चौकीको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनु हुने खेर बहादुर बुढाथोकी ,भक्त बहादुर बुढाथोकी ,निर्मल जि वानिया र युवराज खत्रीलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।