गृह मन्त्री बाल कृष्ण खाँड धनकुटा आउंदै
धनकुटा । गृह मन्त्री बाल कृष्ण खाँड धनकुटा आउनुहुने भएको छ । नेपाली कांग्रेस धनकुटाले आयोजना गर्न लागेको कार्यक्रमलाई सम्बोधन गर्न उहाँ धनकुटा आउन लाग्नु भएको हो ।
यही चैत १९ गते धनकुटाको त्रिवेणी माविमा गरिने कार्यक्रमलाई कांग्रेस केन्द्रिय सदस्य समेत रहनुभएका गृह मन्त्री खाडले सम्बोधन गर्नु हुने पार्टीका जिल्ला सभापती दिनेश राईले जानकारी दिनुभयो ।
सभापती दिनेश राईको अध्यक्षतमा आज बसेको पदाधिकारी बैठकले कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन जिल्ला पार्टी सचिव विजय सन्तोषी राईको संयोजकत्वमा कार्यक्रम तयारी तथा समन्वय समिति,पार्टी प्रवक्ता खगेन्द्र घिमिरेको संयोजकत्वमा प्रचार प्रचार समिति,धनकुटा नगर सभापती नरेश श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति र नेपाल तरुण दल धनकुटका कार्यवहाक अध्यक्ष युवराज पराजुलीको संयोजकत्वमा स्वयम सेवक परिचालन समिति गठन गरेको सचिव जयन्द्र घिसिङले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण पालिका र वडा समितिहलाई सक्रिय भई सहभागी हुन समेत भनिएको छ ।


