जनता आवास कार्यक्रम हटाईने : मन्त्री झाँक्री

नारायण कुमार राई,धनकुटा । अघिल्लो केपी ओली सरकारले शुरु गरेको फुस्को छानो हटाएर टिनको छानो लगाउने जनता आवास कार्यक्रम हटाउने तयारी भईरहेको शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले बताउनु भएको छ ।

नेकपा समाजवादी धनकुटा नगर कमिटी प्रशिक्षणका लागि आउनु भएकी झाँक्रीले शनिबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको नेकपा एमालेले चरम दुरुपयोग भएको भन्दै हटाउन लागिएको जानकारी दिनुभयो ।

‘उक्त कार्यक्रम हटाउन नीतिगत तहमा संशोधनको तयारी गरिरहेका छौं’–झाँक्रीले भन्नुभयो । ‘अघिल्ला सरकारले जनता संग गरेका करार सम्झौता पुरा गर्ने दायित्व यस सरकारको भएकाले मात्र उक्त कार्यक्रमलाई निरन्तरता दिएका हौ ।’

उक्त कार्यक्रम नेकपा एमालेले आफ्ना कार्यकर्ता हुने शर्तमा मात्र सेवा दिएको र जस्ता किन्न दिईने ७५ हजार रकम अनियमितता भईरहेकाले पनि उक्त कार्यक्रम बन्द गरिने लागेको झाँक्रीको जिकिर थियो ।

यसका साथै अन्य केपी ओपी सरकारको पालामा शुरु भएर बजेट अभावमा अलपत्र परेका ३५ भन्दा बढी सामुदायिक भवन लगाएतका बिभिन्न भवन निर्माणका कामहरु नि कटौती गर्ने तयारी भईरहेको झाँक्रीको भनाई रहेको थियो ।

यसैबीच धनकुटा नगरपालिका वडा नं.२ मा निर्मित स्वास्थ्य चौकी भवन उदघाटन मन्त्रीले झाँक्री गर्ने चर्चा चलेकै बेला उक्त भवनको अघिल्लै दिन संघिय सांसद राजेन्द्र राईले उत्घाटन गरेको बिषय प्रति झाँक्रीले उक्त भवनको पुनः उत्घाटन गरिने जानकारी दिनुभयो । ‘म मन्त्री नभए नहुंला तर भवन हस्तान्तरण भएपछि मन्त्रालयले धुमधामका साथ उद्घाटन गर्नेछ ।’–झाँक्रीले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।