मन्त्री झाँक्रीलाई भीरगाउमा रहेको स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा जान नदिन नेकपा एमालेले रुख ढालेर बाटो अवरुद्ध गरेको : गृहमन्त्री

धनकुटा । गृहमन्त्री बालकृष्ण खाँडले एमसीसी परियोजनाका बिषयमा प्रतिपक्षि नेकपा एमालेले अपब्याख्या गरेर जनतामा भ्रम फैलाउँने काम गरेको आरोप लगाउनु भएको छ ।

नेपाली काँग्रेसको आमसभालाई आज धनकुटामा सम्बोधन गर्दै उहाँले सडक र बिजुलीको परियोजना लागु हुदैमा नेपाली सार्वभौमिक्ता अप्ठेरोमा नपर्ने दावी गर्नुभयो । नेपाली कांग्रेसका प्रभावशाली नेता कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री खाँडले विगतमा भएका द्वन्द्वले सिर्जना गरेको घाउ मेटाउन बलियो संयन्त्र रहेको बताउनुभयो ।

आज धनकुटामा आयोजित बृहत सभालाई सम्बोधन गर्न आउनुभए मन्त्री खाँडले बर्तमान सरकारले शहिद परिवारको शिक्षा स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर सबै द्वन्द्वले सिर्जना गरेको घाउ मेटाउन कार्यक्रम बनाउन थालेको बताउनुभयो । बर्तमान गठबन्धन आगामी स्थानिय निर्वाचन लागि मात्र नभएको नेकपा एमालेले बुभ्mनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मुलुकलाई शान्ति र समृद्धिका लागि विगत १० बर्षे जनयुद्ध पछि स्वM गिरिजाप्रसाद कोईरालाले सूरु गरेको अभियान थप बलियो बन्दै गएको छ । हिजो हिंसात्मक आन्दोलनमा रहेको सम्पूण पक्षलाई शान्ति प्रकृयामा ल्याउने नेपाली कांग्रेश अहिले मुलकका तीन तहको सरकाबाट संविधान विरोधि शक्तिलाई सत्ताच्यूत गर्ने, मुलुकमा निरंकुशता, हिंसा र द्वन्द्व जारि राख्नखोज्ने शक्तिलाई मुलुकमा स्थापित हुन नदिने अभियानमा रहेको बताउनुभयो ।

हालको गठबन्धन गरेर आगमी निर्वाचन विजयी बनेपछि मुलुकका सामान्य नागरिकलाई शिक्षा, स्वास्थ्य, यातायात पीउने पानी र स्वारोजगार सहितका आधारभूत आवश्यकता पुरा गर्ने कार्यक्रम तयार गरेर मौलिक अधिकारको स्थापित गर्ने योजना बनिसकेको बताउनुभयो । उहाँले निरंकुश ओली सरकार केन्द्र देखी प्रदेशसम्म सत्ताच्यूत भईसकेकोले अब स्थानिय तहमा सत्ताच्यूत गर्न गठबन्धन अवाश्यक रहेकोले आफुहरुको पाँच दलिय मोर्चा बनेको बताउनुभयो । उहाँले यो गठबन्धन निर्वाचनमा मात्र हैन आगामी पाँच बर्षसम्म निरन्तर जनताको विकास निर्माणमा लाग्ने बताउनुभयो ।

नेकपा एमाले तर्फ इंकित गर्दै मन्त्रि खाँडले भन्नुभयो कुनै पनि पाटीका नेता तथा कार्यकर्ताले अन्य दलका नेता र कार्यकर्तालाई धम्क्याउने, रुख ढालेर बाटो अवरोध गर्ने कुनै पनि दलका नेता पक्राउ गरेर कारवाही गर्ने उहाँले बताउनुभयो । आज बिहान शहरीविकास मन्त्रि रामकुमारी झाँक्री धनकुटा नगरपालिका वडा नं. २ भीरगाउमा रहेको स्वास्थ्य चौकि स्थापना भएको स्वाथ्य चौकी उद्घाटन कार्यक्रममा जान नदिन नेकपा एमालेले रुख ढालेर बाटो अवरुद्ध गरेको थियो ।

साथै सो स्वास्चाकी हिजो नै नेकपा एमालेबाट निर्वाचित धनकुटाका संघिय सांसद राजेन्द्रकुमार राईले उद्घान गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिलबहादुर थापा, आङगेलु शेर्पा, रामहरी खतिवडा समेतले मन्तब्य राख्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।