एमाले धनकुटाले आज जिल्ला भर औपचारिक गतिविधि नगर्ने
धनकुटा,२१ चैत । नेकपा एमाले धनकुटाका जिल्ला कमिटी सदस्य, छथरजोपाटी गाउँपालिकाका सहइन्चार्ज एबम नेपाल उत्पीडित जातिय मुक्ती समाजका नव निर्वाचित केन्द्रिय सदस्य भोजबहादुर बिश्वकर्माको ४० बर्षको उमेरमा आज विहान निधन भएको भन्दै नेकपा एमाले आज एक दिन जिल्ला तथा मातहतका कार्यलयमा आधा झण्डा झुकाउने, जिल्ला पाटीका सम्पूर्ण औपचारीक गतिविधी स्थगित गर्ने भएको नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीद्वारा जारी गरिएको शोक वक्तव्यमा भनिएको छ ।
आज विहान उपचारका क्रममा विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको नेकपा एमाले धनकुटाले जनाएको छ । विश्कर्मा राजनिती संगै समाजिक क्षेत्रमा समेत कृयाशिल रहदै आउनु भएको थियो ।

यो पनि…नेकपा एमाले धनकुटाका जिल्ला कमिटी सदस्य बिश्वकर्माको निधन
धनकुटा,२१ चैत । नेकपा एमाले धनकुटाका जिल्ला कमिटी सदस्य एबम नेपाल उत्पीडित जातिय मुक्ति समाजका नव निर्वाचित केन्द्रिय सदस्य भोजबहादुर बिश्वकर्माको ४० बर्षको उमेरमा आज विहान निधन भएको छ ।
आज विहान उपचारका क्रममा विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको नेकपा एमाले धनकुटाले जनाएको छ ।
विश्कर्मा राजनिती संगै समाजिक क्षेत्रमा समेत कृयाशिल रहदै आउनुभएको थियो ।


