धनकुटा नगरमा सत्ता गठबन्धन दलद्धारा सिट बाँडफाड र उम्मेदवारी छनौट कार्य सुरु
धनकुटा । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा धनकुटा नगरका लागि सत्ता गठबन्धन दलहरुले वडा तथा नगर स्तरमा सिट बाँडफाड एवम् उम्मेदवारी छनौट कार्य शूरु गरेका छन् ।
सत्ता गठबन्धन दलले गठबन्धन गरी स्थानीय तहको निर्वाचन जित्ने उद्घोष गर्दै नगर स्तरीय संयन्त्रको बैठक बसी वडाहरुमा सिट बाँडफाड र उम्मेदवार छनौट कार्यमा क्रियाशिल भएका हुन् ।
धनकुटा नगर स्तरीय गबन्धनको बैठकमा नेपाली कांग्रेस धनकुटाका नगर सभापति नरेश श्रेष्ठ,नेकपा माओवादी केन्द्रका नगरका अध्यक्ष हेमचन्द्र किराती,नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष सुजन भाई जोशी र जनता समाजवादी पार्टीका नगर अध्यक्ष दिल कुमार राईले आ-आफ्नो पार्टीको तर्फबाट वडा, प्रमुख तथा उपप्रमुखहरुको दावी प्रस्तुत गर्दै प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकमा नेपाली कांग्रेस जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले धनकुटामा जुनसुकै हालतमा एमालेलाई पराजित गरी कांग्रेसले विकास र समृद्धीका ढोका खोल्ने वताउनुभयो ।
नेकपा माओवादी केन्द्र धनकुटा नगरका संयोजक गणेश विष्टले नेकपा एमाललेको ज्यादती र अधिनायकबादको विरुद्ध गठबन्धन भएको र गठबन्धनले निर्वाचन जित्ने दावी गर्नु भयो ।
नेकपा एकिकृत धनकुटा जिल्लाका सचिवालय सदस्य मनोज राई, जनता समाजवादी पार्टी धनकुटा जिल्लाका कोषाध्यक्ष सरोज आठपहरिया,कांग्रेस धनकुटा नगरका उपसभापती अमित लो तामाङ,नेकपा माओवादी केन्द्र धनकुटा नगरका सचिव खगेन्द्र विष्ट लगायतले गठबन्धन आवाश्यक्ता र वाध्यता दुवै भएको भन्दै धनकुटा नगरपालिकामा सबैको सम्मानजनक सिट बाँडफाड हुने वताएका छन्।
स्थानिय तह निर्वाचनमा एमालेलाई परास्त गर्न गठबन्धनका लागि कांग्रेस अत्यन्त्रै लचकताका साथ प्रस्तुत भएकोले छिटै सहमती नजिक पुगेको कांग्रेस धनकुटा नगर सभापती श्रेष्ठले बताउनुभयो ।


