चुनावी रणनीति बनाउन एमालेको बृहत नगर भेला

नारायण कुमार राई/धनकुटा,२२ चैत्र । आसन्न बैसाख ३० गतेको चुनावी रणनीति तय गर्न नेकपा एमाले नगर कमिटी धनकुटाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

धनकुटाको सामुदायिक भवनमा जारी उक्त कार्यक्रमलाई केन्द्रिय सदस्य राजेन्द्र कुमार राई,जिल्ला अध्यक्ष ईन्द्रमणी पराजुली लगाएत जिल्ला तथा प्रदेशका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

नेकपा एमालले जनताका लागि लोकप्रय कार्यक्रम खाना,नाना र छानाको योजनालाई प्रतिगामी गठबन्धनले खोस्न खोजिरहेकाले त्यसका बिरुद्ध योजना बनाएर जाने नगर अध्यक्ष अर्जुन छारा(राई)ले जानकारी दिनुभएको छ ।

विद्यालयमा किवी खेतीसहित विद्यार्थी अध्ययन गर्दै
बागलुङ, २२ चैत/बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामस्थित धारा माध्यामिक विद्यालयका विद्यार्थी पढ्दै किवी खेती गर्न थालेका छन् । विद्यालयले विद्यार्थीलाई व्यावसायिक शिक्षाअन्तर्गत विद्यालय परिसरमै नर्सरी स्थापना गरी फलफूल तथा तरकारी खेती गर्न प्रोत्साहन गरेको हो ।

कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थी पठनपाठनको अतिरिक्त व्यावसायिक शिक्षाको लागि किवी खेतीको व्यवहारिक अभ्यास गर्ने विज्ञान विषयका शिक्षक नरबहादुर पच्याले बताए । किवी उत्पादनबाट प्राप्त हुने आम्दानी विद्यालयको खातामा जम्मा गरिन्छ ।

किवी खेती व्यावसायिक शिक्षासँगै पाठ्यवस्तुसँग पनि जोड्ने गरिन्छ । विशेष गरी किवीको फूल खेल्ने बेला विद्यार्थीहरूलाई विरुवाको प्रजनन् (परागसेचन)बारे जानकारी दिइने गरिन्छ । किवीको भाले बिरुवाले उत्पादन दिँदैन । पूmल लाग्ने समयमा माहुरी, भमराजस्ता जीवले कसरी परागकण पोथी अंगमा पु¥याउन मद्दत गर्छ भन्ने विषयमा विद्यार्थीहरूलाई ‘फिल्ड’मै पुगेर अध्ययन गर्न लगाउने गरेको शिक्षक पच्याको भनाइ छ ।

विशेष गरी कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी विद्यालयको जग्गामा करेसाबारी निर्माण गरिएको थियो । पूर्वव्यावसायिक शिक्षा अन्तर्गत विद्यार्थीलाई अभ्यास शिक्षणको लागि तयार गरेको नर्सरी विद्यालयलाई पनि आम्दानीको स्रोत बनेको छ ।

तल्लो कक्षामा पढने विद्यार्थीले किवीको बिरुवा आसपासमा सिमी लगायतका तरकारी खेती पनि गर्ने प्रधानध्यापक कमला थापाले बताइन् । पहिलो वर्ष १६० किलो किवी बिक्री भएको थियो ।

गत वर्ष मौसम प्रति कुल हुँदा ९९ किलो किवी २५० रुपैयाँको दरले बिक्री गरेको प्रअ थापाको भनाइ छ । उत्पादन भएको किवी सुरुमा विद्यार्थीलाई बाँडेर बाँकी रहेको मात्रा स्थानीय समुदायलाई सस्तो मूल्यमा बिक्री गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖