कांग्रेस केन्द्रिय सदस्य थापाको अभिव्यक्ति प्रति अनेम संघ जिल्ला समिति धनकुटा र राष्ट्रिय युवा संघ धनकुटाको आपत्ति
धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल बहादुर थापाले संसदबाटै चेलिवेटी सुरक्षित छैनन् भन्ने दिएको अभिव्यक्ति प्रति अखिल नेपाल महिला संघ जिल्ला समिती धनकुटा र राष्ट्रिय युवा संघ धनकुटाले आपत्ति जनाएको छ ।
धनकुटामा पत्रकार सम्मेलन गर्दै नेता थापाले छथरजोरपाटीको एक कार्यक्रममा नेकपा एमाले धनकुटाका पुरुष संसदहरुलाई लक्षित गर्दै अभिव्यक्ति दिएको भन्दै त्यस्तो अभिव्यकिति विना प्रमाण विना आधार एमाले संसदलाई बदनाम गराउन दिएको भन्दै त्यो अभिव्यक्ति आपत्ति जनक भएको राष्ट्रिय यूवा संघ धनकुटाका अध्यक्ष प्रविण पोख्रेलले बताउनु भयो ।
कुनै संसदबाट गल्ती भए सबैलाई आरोप लगाउन नहुने नेकपा एमालेकी केन्द्रिय सदस्य सकुन्तला बस्नेतले बताउनु भयो । त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीले उच्च स्तरको नेता बाट त्यस्तो अभिव्यकिति आउनु खेद जनक भएको बताउनु भएको थियो ।
पत्रकार सम्मेलनमा प्रदेश कमिटी सदस्य टंक चौहान, हिमा बस्नेत लगायतको उपस्थिति रहेको थियो ।



