मेरो अभिव्यक्ति धनकुटा जिल्लाका सांसदहरु प्रति लक्षित या कुनै किसिमको कुप्रयासको आसय नरहेको : थापा

धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री सुनिल वहादुर थापाले अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ नेपालले जारी गरेको प्रेस विज्ञप्ति प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको छ ।

उहाँले आज प्रेस वक्तव्य जारी गर्दै त्यस्तो बताउनु भएको हो । प्रेस वक्तव्यमा भनिएको छ “सर्वप्रथम त मेरो अभिव्यक्ति धनकुटा जिल्लाका सांसदहरु प्रति लक्षित या कुनै किसिमको कुप्रयासको आसय नरहेको स्पष्ट गराउन चाहन्छु ।” यस्तो मेरो अभिप्राय पटकै होईन’ म स्पष्ट गर्न चाहन्छु कि केही महिना अघि अन्य जिल्लामा भएको घटनाक्रमलाई संकेत गरिएको मात्र हो ।

मेरो अभिव्यक्तीले सांसदहरुको मान मर्यादा र भावनामा कुनै चोट पुर्याउने अभिप्राय होईन र यदि पुग्न गएको खण्डमा म दु:खीत छु ।” यसअघि धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ मा चैत २१ गते भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा थापाले दिएको अभिव्यक्ती प्रति राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ जिल्ला कमिटि धनकुटाले हिजो आपत्ति जनाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।