चैत्राष्टमी मेला आजदेखि

बलेवा, २४ चैत । चैत्राष्टमी ९चैतेदसैँ० को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो ।

मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । पर्यटनको प्रवद्र्धन, संस्कृतिको संरक्षण र परम्पराको निरन्तरता दिन मेला आयोजना गरिएको उहाँले बताउनुभयो ।

बागलुङ कालिका मन्दिर परिसरमा पहिल्यैदेखि व्यापार मेलाका रुपमा चैतेदसैँ मेला लाग्ने गरेको थियो । कालिका भगवती गुठीले केही वर्षअघिदेखि स्वस्फुर्त लाग्ने मेलालाई व्यवस्थापन गर्दै आएको छ । यस वर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको खड्काले जानकारी दिनुभयो ।

आजदेखि सुरु हुने मेला यही चैत २८ गतेसम्म चल्ने छ । मेलामा आयोजना गरिएको भलिबल प्रतियोगिताको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा सागरले उद्घाटन गर्ने कार्यक्रम छ । मूल समारोहको उद्घाटन भने चैत २६ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने गुठीले जनाएको छ । रु ५३ लाख खर्च हुने अनुमान गरिएको मेला हेर्न कुनै शुल्क नलाग्ने खड्काले जानकारी दिनुभयो । मेलाका लागि कालिका मन्दिर परिसर सिँगारिएको छ । मेलामा झाँकी तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।