एमाले परित्याग गर्दै धनकुटा १ हिलेका दर्जनौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश
धनकुटा । नेकपा एमाले परित्याग गर्दै धनकुटा १ हिलेका दर्जनौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा एमाले परित्याग गर्नेहरुमा किरण विक,विजय तामाङ,बाल कृष्ण बुढाथोकी,शुसिला राई,निता राई,नारायण देवी कटुवाल,देवी माया घिसिङ,गोमा थापा,नविन आचार्य,रोशन दर्जी,हेम वहादुर कटुवाल लगायत रहेका छन् ।
उनिहरुलाई नेपाली कांग्रेस जिल्ला सभापती दिनेश राई, सविच विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग,धनकुटा नगर सभापती नरेश श्रेष्ठ,लगायतले टिका माला र खादा लगाई स्वागत गरेका थिए ।
यस अघि यो वडामा एमाले सहित अन्य पार्टी परीत्याग गरी ३ सय २४ जना कांग्रेसमा प्रवेश गरीसकेको पार्टीका धनकुटा नगर उपसभापति अमित लो तामाङ्ले वताउनु भयो ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै जिल्ला सभापती राईले यस पटक यो नगरमा कांग्रेसको जित निश्चित भएको दावी गर्नु भयो ।


