एमालेलाई बिदा गर्ने उचित समय आएको छ : नेता खतिवडा
धनकुटा,२९ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य यूवा नेता रामहरी खतिवडाले काँग्रेसको घरमा पाहुना बनेर बसेको एमालेलाई बिदागर्ने उचित समय आएको बताउनुभएको छ ।
भ्रष्टाचार,कमिसनमा लिप्त बनेको एमाले बाट अब देशको विकास र समृद्धि नहुने भएकोले एमाले लाई विदा गर्नुको विकल्प अव जनता संग नरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो दुई तिहाइको सरकार हुदाँ विकास नगर्नेले अव विकास गर्छ भन्नु बेकार भएको भन्दै अव कांग्रेसको विकल्प छैन् त्यसैले चारदलिय गठबन्धनले बैशाख ३० गतेको निर्वाचनबाट सधैका लागि एमालेलाई धपाउने बताउँनु भएको हो ।
निर्वाचन अभियानको एक महिनामा धनकुटामा एमालेका एक हजार बढि नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेको बताउदै उहााले एमालेको अत्याचार सहन नसकेर उहाँहरु हामिसँग आउनुभएको छ । साथै नेता खतिवडाले सबै मतदाता काँग्रेसलाई भोट हाल्न आतुर रहेको बताउनुभयो ।


