सहिदभुमीमा नेकपा एमालेको पार्टी प्रशिक्षण तथा पूर्व-जनप्रतिनिघि सम्मान कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटाको सहिदभुमी गाउपालिका ६ नेकपा एमाले वडा कमिटीको आयोजनामा वडा स्तरिय पार्टी प्रशिक्षण तथा पूर्व-जनप्रतिनीधि सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका वडा कमिटी अध्यक्ष केशब राईको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित पुर्व जनप्रतिनीधि र जेष्ठ कम्युनिस्ट २३ जना नेता कार्यकर्ताहरुलाई सम्मान पत्र द्वरा सम्मान गरिएको छ ।
कार्यक्रमको विशेष अतिथि नेकपा एमाले प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ जिल्ला पार्टी अध्यक्ष ईन्द्रमणी पराजुली, सचिव निरन राई गाउपालिका अध्यक्ष मनोज राई लगायत नेताहरुको उपस्थिती थियोे ।
सोहि अवसरमा भुपेन्द्र राईको अध्यक्षतामा १ सय ५ सदस्य राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा राजेन्द्र राई,सचिव राजन राई (सुक्मित राई) उपसचिव सुजना राई, उपसचिव सन्त कुमार राई र कोषाध्यक्ष तिर्थ बहादुर भट्टराई रहेकाछन् ।
सोही अवसरमा नेपाली कांग्रेस परित्याग गर्दै ५५ जना एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरुलाइ समसामयिक विषयमा प्रशिक्षण दिईएको थियो ।


