धनकुटाको सहिदभुमि ३ मा राष्ट्रिय युवा संघ नेपालले राईको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन

धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं ३ मा राष्ट्रिय युवा संघ नेपालले आज सुधिर राईको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल सहिदभूमि ३ नं वडा कमिटीले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन गरेको हो ।

समितिले नेकपा एमालेको घोषणा पत्र , एजेन्डा ,भिजन , वडाको घोषणा पत्रको व्यापक प्रचारप्रसार गरि जनता माझ पुर्याउने काम गर्ने जनाईएको छ ।

नेकपा एमाले धनकुटा जिल्ला सचिवालय सदस्य एवं जिल्ला पार्टी स्कुल बिभाग प्रमुख मनोज राईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको बीच समिति गठन गरिएको हो ।

कार्यक्रममा पार्टीका सहिदभूमि गाउकमिटीका अध्यक्ष नीर राई , उपाध्यक्ष मातृका राई बिशेष अतिथी रहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।