कांग्रेस धनकुटाद्वारा आज देखि टिकट वितरण र उम्मेदवार सिफारिस गर्न शुरु
धनकुटा । नेपाली कांग्रेस धनकुटाले आज देखी टिकट वितरण र उम्मेदवार सिफारिस गर्न शूरु गरेको छ । उस्ले धनकुटा,पाख्रीवास र महालक्ष्मी नगरपालिकाबाट टिकट वितरण र उम्मेदवार सिफारिस गर्न शुरु गरेको हो ।
पार्टीको विधान अनुसार जिल्ला संसदीय समितिले नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार चयन गर्न जिल्लाको राय सुझाव सहित १ नं कार्य समितिमा पठाउन र वडाध्यक्ष तथा वडा सदस्यहरुको उम्मेदवार छनौट गरी टिकट वितरण गर्नका लागी धनकुटा जिल्लाको तीन वटा नगरपालिकाको फायल खोली छलफल अगाडी बढाउदै सिफारिस गर्ने कार्य गरेको छ ।
पार्टीका जिल्ला संसदीय समितिका सभापती दिनेश राईका अध्यक्षतामा बसेको बैठकले महालक्ष्मी नगरपालिका संयोजक तथा उपसभापती निर्मल प्रसाद ओझा,जिल्ला उपसभापती तथा पाख्रीवास नगरपालिका संयोजक सुनिल कुमार डंगोल,जिल्ला सचिव तथा धनकुटा नगरपालिकाका संयोजक विजय सन्ताषी राईले आ आफ्ना पालिकाको उम्मेदवार छनौट तथा सिफारिसका लागि वितरण प्रस्तुत गरेका थिए ।
कांग्रेसको तर्फबाट धनकुटा जिल्लाका स्थानीय तहको उम्मेदवार छनौट तीन दिन भित्र तय गरी सकिने जिल्ला सभापती दिनेश राईले वताउनु भयो । सभापती राईले गठबन्धनको समेत अन्तिम निर्णयमा पुग्न लागेको समेत वताउनु भयो ।
धनकुटामा एमालेलाई हराउन सत्ता गठबन्धन दलहरु बीच गठबन्धन गरी निर्वाचनमा जाने भएकोले हदै सम्मको लचकता अपनाईने समेत सचिव राईले वताउनु भयो ।
पार्टीको जिल्ला समितिबाट पालिकाको संयोजकको जिम्मेदवारी पाएका पालिका संयोजकहरुले वडा ,पालिका तथा प्रदेश सभा क्षेत्रिय निर्वाचन समितिहरुबाट निर्णय भई सिफारिस भएका उम्मेदवारहरुको सेटिङ्ग गर्ने कार्य धमाधम भैरहेकोजनाईएको छ ।
धनकुटा जिल्लाका नगरपालिकाकाहरुको उम्मेदवार छनौट तथा सिफारिस गरी सकेपछी गाउँपालिकाहरुको उम्मेदवार छनौट हुने उपसभापती सुनिल कुमार डंगोलले वताउनु भयो ।


