धनकुटामा सत्ता गठबन्धन दल बीच चुनावी तालमेलका लागि प्रयास जारी
धनकुटा,७ बैशाख । सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि धनकुटामा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति प्रयास जारी रहेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी बीच सत्ता गठबन्धनलाई कायम राख्दै स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भनिए पनि भागबन्डा नमिल्दा अझै उम्मेदवारको टुङ्गगो लाग्न भने सकेको छैन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र बीच सातै पालिकामा सहमतीका साथ चुनावमा जाने सहमती भइसकेको र प्राविधीक पक्ष समेत मिली सकेको नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिनु भयो ।
जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी पाटी संग छलफल समेत सकारात्मक रुपमा अगाडी बढेकोले भोली सम्ममा धनकुटामा सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेल सहित अन्य प्राविधीक कुरा हरुमा समेत छलफल भई रहेको सहमतीका लागि सबै पक्ष अधिकतम प्रयासमा रहेको सचिव राईले जानकारी दिनु भयो ।


