धनकुटा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता,कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

धनकुटा । धनकुटा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

धनकुटा नगरपालिका वडा नं १ बाट विभिन्न पार्टी परित्याग गरी दिपेन राई,राम राई,देवेन्द्र थापा लगायत ३७ जना कांग्रेसमा प्रवेश गका हुन् ।

नव प्रवेशीहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सचिव तथा नगर संयोजक विजय सन्तोषी राई,नगर सभापती नरेश श्रेष्ठ,उपसभापती अमित लो तामाङ, वडा नं १ का सभापती विर वहादुर तिुङ्ग तामाङले टिका खादा अविर लगाई पार्टी प्रवेश गराएका थिए ।

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापति नरेश श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपसभापती अमित लो तामाङले राख्नुभएको थियो । कार्यक्रमको संचालन सविच राम घिसिङ्ग तामाङले गर्नु भएको थियो ।

कार्यक्रमकै अवसरमा नगर सभापति श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । त्यस्तै उपसभापति अभिषेक कर्माचार्यको संयोजकत्वमा यूवा परिचालन समिति,सचिव लोकेन्द्र खड्काको संयोजकत्वमा आर्थिक समिति,राजेश्वर वहादुर श्रेष्ठको संयोजकत्वमा घोषणा पत्र निर्माण समिति र सहसचिव ज्ञानेन्द्र वस्नेतको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको सचिव राईले जानकारी दिनुभयो ।

धनकुटा नगरको १० वटै वडाहरुमा र सवै टोल टोलमा नेपाली कांग्रेसको निर्वाचन प्रसार प्रसार समितिको कार्यालयको तीन दिन भित्र स्थापना गरिसक्ने जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।