धनकुटाको पाख्रीबास नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा राई र उपप्रमुखमा देउजा उम्मेदवार ! को हुन् राई र देउजा ?

धनकुटा । वैशाख ३० गते हुन गइरहेको आसन्न स्थानिय तह निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकाको लागि नेकपा एमालेले नगरप्रमुख,उपप्रमुखका लागि सर्वसम्मत प्रत्यासीको टुंगो लगाएको छ ।

नगर प्रमुख ( मेयर ) पदको लागि भीम बहादुर राई र उपप्रमुख(उपमेयर) मा नम्रता देउजा चयन हुनुभएको छ ।

को हुन् राई र देउजा ?

नगर प्रमुख प्रत्यासी राईको जन्म वि.स २०१८ मा तत्कालीन फलाटे गाविसमा भएको थियो । अत्यन्तै शालिन , भद्र र निष्ठावान राई पाख्रिबास एमालेका सर्वाधिक लोकप्रिय नेता हुनुहुन्छ । नेपालमा भएको पहिलो जनआन्दोलन २०४६ सँगै उहाँ सक्रिय राजनीतिमा क्रियाशील हुनुहुन्छ ।

उहाँले वि.स. २०३५ मा एसएलसी उत्तिर्ण गरि २०५० मा स्नातक तह उतिर्ण गर्दै स्नातकोत्तर सम्म अध्ययन गर्नुभएको छ । वि. स २०४१ बाट भोजपुरको ठुलोदुङमाबाट अध्यापन कार्यमा संलग्न राईले त्यहाँ एक वर्ष शिक्षणमा संलग्न हुनुभयो । त्यसपश्चात उहाँ गृह जिल्ला धनकुटाको तत्कालीन फलाटे गाविस अन्तर्गत नै शिक्षक भएर काम गर्नु भयो । वहां वि .स. २०४६ सालमा निम्म माध्यमिक तहमा स्थाई हुनुभयो ।

वि. स. २०५४ सालमा भएको आम निर्वाचनमा उहाँ स्थाई शिक्षकबाट राजिनामा दिई नेकपा एमालेबाट तत्कालिन फलाटे गाविसमा निर्वाचित हुनुभयो । तत्पश्चात उहाँ विभिन्न जिम्मेवारीमा रहि आफ्नो कार्यकौशलता मार्फत एक इमानदार र बफादार व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

वि. स. २०७१ सालमा सुकुम्वासी समस्या समाधान आयोग धनकुटाको अध्यक्ष भई काम गरिसक्नुभएका राई अध्ययनशील र अनुभवी व्यक्तित्वका रुपमा समग्र धनकुटामा चर्चाको शिखरमा हुनुहुन्छ ।

उहाँले विभिन्न देशहरुको भ्रमण समेत गरिसक्नुभएको छ ।

-कृषि भ्रमण को रुपमा १ हप्ते भारत भ्रमण ।

-कृषि भ्रमणकै रुपमा एक हप्ते थाइल्यान्ड भ्रमण ।

-१२ दिने चीनको राजनीतिक भ्रमण । ( झलनाथ खनालको नेतृत्वमा )

राई स्थानीय स्तरदेखि नै आफ्नो व्यक्तिगत जीवनलाई पार्टी जीवनमा समर्पण गर्दै आउनुभएको छ । उतिबेला फलाटे गाविसको गाउँ कमिटि अध्यक्ष , गाउँ कमिटी सचिब हुँदै वि .स. २०५३ सालबाट हालसम्म निरन्तर जिल्ला कमिटिमा आबद्द रहि आफ्नो गौरवपूर्ण इतिहास निर्माण गर्दै एक कुशल वक्ता , नेतृत्वदायी क्षमता भएका, नवीन विचारक र समाजलाई चलायमान बनाउदै नयाँ आयाम दिन सक्ने , दुरदर्शी र समाज बदल्न सक्षम एमाले नेताका रुपमा जनतामाझ लोकप्रिय हुनुहुन्छ ।

नगर उपप्रमुखका प्रत्यासी नम्रता देउजा पाख्रीबास नगरकार्यपालिका सदस्य हुनुहुन्छ । लामो समय देखि एमालेको सक्रिय राजनीतिमा क्रियाशील उहाँ हाल धनकुटा जिल्ला कमिटी सदस्य समेत हुनुहुन्छ ।

त्यसैगरि एमालेले पाख्रीबास नपा वडा नं ३ बाट वडा अध्यक्ष र सदस्यहरुको लागि पनि सबै उम्मेदवार सर्वसम्मत रुपमा टुंगो लगाएको छ । जसमा अध्यक्षमा सरोज राई र सदस्यहरुमा चन्द्र आले मगर ,निर्मला वि.क.,सीता बस्नेत र यशोदा तामाङ रहेका छन् ।

अन्य वडाहरुमा आज बेलुका सम्म उम्मेदवारको टुंगो लाग्ने श्रोतले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।